चाडपर्वकै कारण लघुवित्त संस्थाद्वारा वित्तीय विवरण सार्वजनिक गर्नमा ढिलाइ
सञ्चालनमा रहेका ६९ मध्ये हालसम्म २३ वटाको मात्र पहिलो त्रैमासिक विवरण सार्वजनिक
काठमाडौं । चाडपर्वकै कारण लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्न ढिलाइ गरेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार लघुवित्त वित्तीय संस्थाहरुले त्रैमासिक सकिएको पहिलो महिनाको दोस्रो हप्तासम्ममा सकिएको त्रैमासिकमा अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्छ । तर लघुवित्त संस्थाहरुले भने दशैँ र तिहारको लामो विदा परेकै कारण हालसम्म पनि चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छैनन् ।
यद्यपि यस अवधिमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु भने सबैजसोले पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । लघुवित्तको हकमा भने क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी ६९ वटा लघुवित्त संस्थाहरु सञ्चालनमा रहेकामा हालसम्म अर्थात् यही कात्तिक २३ गतेसम्ममा दुई दर्जन संस्थाहरुले मात्र अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सोमध्ये अधिकांशको खुद मुनाफा सन्तोषजनक देखिएको छ भने घोडीघोडा लघुवित्तको खुद मुनाफा ऋणात्मक देखिएको छ ।
अपरिष्कृत वित्तीय विवरणअनुसार फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा दुई करोड ९६ लाख ४८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड ९७ लाख १६ हजार रुपैयाँ रहेको थियो । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले पनि पछिल्लो त्रैमासिकमा १६ करोड २६ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा एनआईसी एसिया लघुवित्तको यस्तो नाफा छ करोड ४९ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।
साधना लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको पछिल्लो त्रैमासिकमा तीन करोड २९ लाख आठ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा साधनाको यस्तो नाफा एक करोड ७४ लाख ६८ हजार रुपैयाँ रहेको थियो । मिर्मिरे लघुवित्तले पनि पछिल्लो अवधिमा छ करोड ३७ लाख ६१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा मिर्मिरेको यस्तो नाफा दुई करोड १७ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।
डिप्रोस्क लघुवित्तले पनि पछिल्लो अवधिमा १७ करोड ३५ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा डिप्रोस्कको यस्तो नाफा १९ करोड ८० लाख ९३ हजार रुपैयाँ रहेको थियो । एनएमबी लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको पहिलो त्रैमासिकमा तीन करोड २४ लाख ६० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा एनएमबीको यस्तो नाफा तीन करोड १२ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।
समिट लघुवित्तले पनि पछिल्लो अवधिमा तीन करोड ९२ लाख ९५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा समिटको यस्तो नाफा दुई लाख ७७ हजार रुपैयाँ रहेको थियो । आशा लघुवित्त वित्तीय संस्थाले चालू आवको पछिल्लो अवधिमा चार करोड २३ लाख ९२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने समिटको यस्तो नाफा नौ लाख ५३ हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।
सृजनशील लघुवित्त वित्तीय संस्थाले पनि पछिल्लो अवधिमा एक करोड ६१ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने सृजनशीलको यस्तो नाफा एक करोड ३४ लाख ६१ हजार रुपैयाँ रहेको थियो । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले पनि पछिल्लो त्रैमासिकमा एक करोड २५ लाख १७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा उक्त संस्थाको यस्तो नाफा १३ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।
आरएसडीसी लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको पछिल्लो त्रैमासिकमा एक करोड ४५ लाख ९४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा उक्त संस्थाको यस्तो नाफा दुई करोड ८० लाख १४ हजार रुपैयाँ रहेको थियो । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले भने चालू आवको पहिलो त्रैमासिकमा सात लाख ५० हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा पाँच लाख ५८ हजार रुपैयाँ रहेको थियो ।
गणपति लघुवित्त वित्तीय संस्थाले पनि पछिल्लो तीन महिनाको अवधिमा ३४ लाख ६३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा उक्त संस्थाको यस्तो नाफा ११ लाख ३२ हजार रुपैयाँ रहेको थियो । सिभिल लघुवित्त वित्तीय संस्थाले पनि पछिल्लो अवधिमा एक करोड ५५ लाख ७७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने उक्त संस्थाको यस्तो नाफा ४० लाख ६९ हजार रुपैयाँ रहेको थियो ।
चालू आवको पहिलो त्रैमासमा कालिका लघुवित्त वित्तीय संस्थाले पनि चार करोड ८० लाख १७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा उक्त संस्थाको यस्तो नाफा ४१ लाख ८८ हजार रुपैयाँले ऋणात्मक रहेको थियो । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले पनि पछिल्लो अवधिमा चार करोड ६६ लाख ८८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने लक्ष्मीको यस्तो नाफा दुई करोड ७७ लाख तीन हजार रुपैयाँ रहेको थियो । महुली लघुवित्तले पनि पछिल्लो त्रैमासिकमा दुई करोड ३२ लाख ५६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
गत आवको सोही अवधिमा उक्त संस्थाको यस्तो नाफा एक करोड पाँच लाख ४७ हजार रुपैयाँ रहेको थियो । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पनि पछिल्लो त्रैमासिकमा १२ करोड ८५ लाख ४१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा उक्त संंस्थाको यस्तो नाफा तीन करोड २३ लाख १५ हजार रुपैयाँ रहेको थियो । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको पहिलो त्रैमासिकमा चार करोड ८० लाख ७२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा तीन करोड ४५ लाख ५६ हजार रुपैयाँ रहेको थियो ।
मिथिला लघुवित्त वित्तीय संस्थाले पनि पछिल्लो त्रैमासिकमा एक करोड ९९ लाख ११ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड ५७ लाख ६३ हजार रुपैयाँ रहेको थियो । उपकार लघुवित्त वित्तीय संस्थाले पनि पछिल्लो त्रैमासिकमा ४१ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने उपकारको यस्तो नाफा दुई करोड २६ लाख ७७ हजार रुपैयाँ रहेको थियो । यीबाहेकका अन्य संस्थाहरुले भने अझै आफ्नो पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया