माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ सम्म काठमाडौँमा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीको आसन्न राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ सम्म काठमाडौँमा आयोजना गर्ने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी समिति बैठकले सम्मेलनको तयारी स्वरूप सांगठनिक कामलाई तीव्रता दिने निर्णय समेत गरेको छ ।
यस्तै बैठकले पाँचदलीय समन्वय समितिमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने नाम टुङ्गो लगाएको छ । समितिमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधित्व गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । सत्ता गठबन्धनमा आबद्ध पाँच दलको सोमबार बसेको बैठकले सरकार सञ्चालनमा सहजीकरण गर्ने उद्देश्यले ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको थियो । सो समितिमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट दुई–दुई जनाले प्रतिनिधित्व गर्ने सहमति भएको थियो ।
यस्तै बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) परिमार्जनसहित राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउने निर्णय गरेको छ । ‘एमसीसीका विषयमा बाहिर जुन विषय सार्वजनिक भएको छ, हाम्रो पार्टी एमसीसीका विषयमा राष्ट्रिय सहमति कायम नभईकन, सम्झौताका केही बुँदा संशोधन र परिमार्जन नभईकन अगाडि नबढाउने कुरा भएको छ’, बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता महराले भने । यस्तै बैठक सांगठानिक विषयमा केन्द्रित भएको प्रवक्ता महराले जानकारी दिए । प्रदेश पदाधिकारीको टुङ्गो लगाउने विषयमा पनि बैठकमा छलफल भएको उनले बताए । बैठकले सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय समितिका सदस्यसँग परामर्श गरेर पदाधिकारी टुंग्याउने निर्णय गरेको पनि उनले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया