गायक अमात्यको नाउँमा रहेको जग्गाको नक्कली पुर्जा बनाएर कर्जा
यो कर्जा पुरानो हो, हामीले मिलाइसक्यौं– निमित्त प्रमुख कार्यकारी तिमिल्सिना (कुमारी बैंक)
काठमाडौं । गायक योगेश्वर अमात्यको नाउँमा रहेको जग्गाको नक्कली लालपुर्जा बनाएर कर्जा प्रवाह गरेको खुुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार मुक्तिनाथ गौतम र एसकुमार महर्जनको संलग्नता कुमारी बैंकबाट गायक अमात्यको नाउँमा नक्कली जग्गाधनी पुर्जा बनाएर कर्जा प्रवाह भएको खुलेको हो ।
बेनियल ट्रेडिङ कम्पनी कोटेश्वका सञ्चालक समेत रहेका गौतम र महर्जनले गायक अमात्य र उनकी श्रीमतीको नाउँमा बारामा रहेको १२ बिघा जग्गा धितो राखेर कुमारी बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंको न्युरोड शाखा र कुमारी बैंकको पर्सा शाखा समेतको समन्वयमा कुमारी बैंककै न्युरोड शाखाबाट १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको हो । यसरी आफ्नो नाउँमा दोस्रो व्यक्तिले नक्कली लालपुर्जा बनाएर कर्जा लिएको जानकारी पाएपछि गायक अमात्यले दोषीलाई पक्राउ गरी आफ्नो सम्पत्ति सुरक्षितरुपमा फिर्ता गरिपाऊँ भन्दै दशैँअघि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दर्ता गराएका थिए । सोही उजुरीका आधारमा सीआईबीले सरकारी लिखत कीर्तेसम्बन्धी कसुरमा कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, धितो मूल्यांकनकर्ता राजेश चौरसिया, नक्कली जग्गाधनी बन्ने एस.के महर्जन, मुक्तिलाल गौतम र उक्त कर्जा प्रकरणमा बिचौलियाको भूमिका निर्वाह गर्ने कुसुम प्रधानलाई पक्राउ गरिसकेको सीआईबीले जनाएको छ ।
कुमारी बैंकको उक्त कर्जा प्रकरण अहिले अनुसन्धानकै चरणमा रहेकाले यसमा कसको कसको संलग्नता रहेको छ भन्ने तथ्य खुल्न बाँकी छ । अहिलेसम्म अनुसन्धान गर्दा यो प्रकरणमा कुमारी बैंकको पर्सा शाखामा कार्यरत दुई कर्मचारीको संलग्ता देखिएको र अनुसन्धान चल्दै जाँदा यसमा अन्य व्यक्तिहरुको पनि संलग्नता देखिन सक्ने प्रवक्ता प्रहरी उपरीक्षक महतोले बताए । यो कर्जाको विषयमा कुमारी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले भने यो कर्जा प्रकरण झण्डै पाँच महिनाअघिको भएको र यो कर्जा अहिले मिलिसकेको बताए ।
यो प्रकरणमा केही व्यक्तिहरु पक्राउ परेको र त्यसमध्ये केही कुमारी बैंकमा नै कार्यरत कर्मचारीहरु समेत रहेको स्वीकार्दै उनले भने, ‘यो कर्जा हामीले मिलाइसकेका छौँ, उक्त कर्जाबराबरको धितो सुरक्षित गरिसकेका छौँ, अब यसमा समस्या छैन ।’ यद्यपि यो कर्जा प्रकरणमा कीर्ते कसुरअन्तर्गत सीआईबीले अनुसन्धान गरिरहेको समेत निमित्त प्रमुख कार्यकारी अधिकृत तिमिल्सिनाले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया