Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविकास बैंकहरूमा शून्य दशमलव २३ देखि सात प्रतिशतसम्म खराब कर्जा

विकास बैंकहरूमा शून्य दशमलव २३ देखि सात प्रतिशतसम्म खराब कर्जा

वित्तीय विवरण सार्वजनिक गर्ने १५ मध्ये सात वटामा खराब कर्जा घट्दा आठवटामा बढ्यो


काठमाडौं । विकास बैंकहरुमा सात दशमलव पाँच प्रतिशतसम्म कर्जा खराब देखिएको छ । सञ्चालनमा रहेका १८ मध्ये हालसम्म १५ वटाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा न्यूनतम शून्य दशमलव २३ देखि अधिकतम सात दशमलव पाँच प्रतिशतसम्म कर्जा खराब देखिएको हो । सोमध्ये पनि सबैभन्दा बढी खराब कर्जा नारायणी डेभलपमेन्ट बैंकमा देखिएको छ भने सबैभन्दा कम खराब कर्जा मुक्तिनाथ विकास बैंकमा देखिएको छ ।

अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्नेहरुमा कामना सेवा, सांग्रिला, लुम्बिनीसहितका छवटा विकास बैंकहरुमा खराब कर्जा एक प्रतिशतको हाराहारीमा रहेको छ भने तीनवटामा तीन प्रतिशतको हाराहारीमा कर्जा खराब रहेको छ । यीबाहेक तीनवटामा एक प्रतिशतभन्दा तल खराब कर्जा रहेको छ भने बाँकीमा भन खराब कर्जाको अनुपात उच्च रहेको छ । जसमध्ये नारायणी डेभलपमेन्ट बैंकमा चालू आवको पहिलो त्रैमासिकमा सात दशमलव पाँच प्रतिशत कर्जा खराब रहेको छ ।

गत आवको सोही अवधिमा नारायणीमा यस्तो कर्जाको अनुपात ७२ दशमलव ९८ प्रतिशत रहेको छ । गत आवको पहिलो त्रैमासिकमा चार दशमलव ४७ प्रतिशत कर्जा खराब रहेको सिन्धु विकास बैंकमा भने चालू आवको पहिलो त्रैमासिकमा यस्तो कर्जाको अनुपात बढेर छ दशमलव ६४ प्रतिशत पुगेको छ । एक्सेल डेभलपमेन्ट बैंकमा भने पछिल्लो त्रैमासिकमा तीन दशमलव ८९ प्रतिशत कर्जा खराब रहेको छ । गत आवको सोही अवधिमा एक्सेलमा यस्तो कर्जाको अनुपात चार दशमलव ९२ प्रतिशत रहेको थियो ।

यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकमा भने चालू आवको पहिलो त्रैमासिकमा क्रमशः तीन दशमलव ७० र तीन दशमलव आठ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात चार दशमलव ९७ र दुई दशमलव ३६ प्रतिशत रहेको थियो । ग्रिन डेभलपमेन्ट बैंकमा भने गत आवको पहिलो त्रैमासिकमा चार दशमलव चार प्रतिशत कर्जा खराब रहेकोमा चालू आवको पहिलो त्रैमासिकमा यस्तो कर्जाको अनुपात घटेर दुई दशमलव ४५ प्रतिशतमा झरेको छ । कर्णाली, कामना सेवा र सांग्रिला विकास बैंकमा भने खराब कर्जा चालू आवको पछिल्लो त्रैमासिकमा क्रमशः एक दशमलव ८५, एक दशमलव ७९ र एक दशमलव ६४ प्रतिशत रहेका छन् । गत आवको सोही अवधिमा भने यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः शून्य दशमलव ८०, दुई दशमलव ६४ र एक दशमलव २९ प्रतिशत रहेको थियो ।

चालू आवको पहिलो त्रैमासिकमा लुम्बिनी, गरिमा र शाइन रेसुंगा डेभलपमेन्ट बैंकमा भने खराब कर्जाको अनुपात क्रमशः एक दशमलव ३१, एक दशमलव चार र एक दशमलव एक प्रतिशत रहेका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः दुई दशमलव ३६, शून्य दशमलव ७१ र दुई दशमलव ६८ प्रतिशत रहेका थिए । यीबाहेक मितेरी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक र मुक्तिनाथ विकास बैंकमा भने खराब कर्जाको अनुपात चालू आवको पहिलो त्रैमासिकमा क्रमशः शून्य दशमलव ९६, शून्य दशमलव ६८ र शून्य दशमलव २३ प्रतिशत रहेका छन् । गत आवको सोही अवधिमा भने यी बैंकहरुमा यस्तो कर्जाको अनुपात शून्य दशमलव ३२, शून्य दशमलव ६५ र शून्य दशमलव १२ प्रतिशत रहेका थिए ।

Open photo

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x