भूमिसम्बन्धी समस्या समाधानको काम तोकिएकै समयमा सक्न निर्देशन
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमिसम्बन्धी समस्या समाधानको काम तोकिएकै समयमा सम्पन्न गर्न राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरूलाई निर्देशन दिएकी छिन् । राष्ट्रिय भूमि आयोगको कार्यालय ताहाचल काठमाडौँमा सोमबार भएको आयोगको कार्ययोजना तथा कार्यपत्र प्रस्तुति कार्यक्रममा मन्त्री श्रेष्ठले आयोगको उद्देश्यअनुसार परिणाम निस्कने गरी काम गर्न निर्देशन दिएकी हुन् ।
यस्तै उनले यसअघिका आयोगहरूले गरेका कामहरूलाई समेत आधार मानेर बाँकी काम गर्नेगरी योजनाबद्ध रूपमा लाग्न आग्रह गरिन् । संविधानमा भएको व्यवस्था कार्यान्वयन गरी नागरिकलाई अधिकार दिने विषयमा अब ढिलाइ गर्न नहुने भन्दै उनले प्रभावकारी रूपमा काम गर्नेगरी योजना र कार्यविधि बनाउन निर्देशन समेत दिइन् । ‘आयोग गठन हुने तर कामले पूर्णता नपाउने कुराको अब अन्त्य हुनुपर्छ, अघिल्ला आयोगले गरेका कामलाई स्वामित्व नलिने परम्परा छ’, उनले भनिन्, ‘नागरिकलाई नैसर्गिक अधिकार दिन ढिला भइसक्यो, जुन कुरा संविधानमा नै छ त्यो काम गर्न ढिला गर्नु हुँदैन । भूमिहीन किसानका समस्या छिटोभन्दा छिटो समाधान गरेर उनीहरूलाई अधिकार सम्पन्न गराउनु पर्छ ।’ मन्त्री श्रेष्ठले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीसम्बन्धी समस्या फेरि पनि रहिरहने र पटक–पटक आयोग र समिति बनाउने कार्यको अन्त्य गर्नेगरी काम गर्न समेत आग्रह गरिन् ।
राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला र उपाध्यक्ष नहेन्द्र खड्काले आयोगले कार्ययोजना तयार पारेर जतिसक्दो छिटो काम सम्पन गर्नेगरी अगाडि बढेको बताए । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश पाण्डे, नापी विभागका महानिर्देशक प्रकाश जोशी र राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
- बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
- बागलुङ र पर्वतमा पाँच पुल बन्दै
- सूचना आयोगको वार्षिकप्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया