Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘ठूला योजनालाई सरल र रुकावटविना सञ्चालन गर्ने नीति बनाउनुपर्छ’

‘ठूला योजनालाई सरल र रुकावटविना सञ्चालन गर्ने नीति बनाउनुपर्छ’


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणमा सहजीकरण गर्नको लागि कानुनमा ठूला योजनालाई सरल र रुकावटविना सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । झन्झटिलो कानुन र विभिन्न किसिमका रोकावटले ठूला आयोजना रोकिँदै आएको भन्दै उनले त्यस्तो व्यवस्था हटाउनुपर्ने बताए ।

अख्तियार तथा अदालतलगायतका संस्थाहरूले पनि बेला–बेलामा विनाकारण ठूला आयोजनाहरू निर्माणमा रोक लगाइदिने गरेको उनको भनाइ छ । यस्तै उनले हरेक टेबल–टेबलमा आफ्नै किसिमको मनमौजीले विकास निर्माणका कार्यहरू रोकिने गरेको भन्दै त्यस्तो मानसिकता त्याग्नुपर्नेमा जोड दिए । बुधबार मन्त्रालयमा भएको विकास निर्माण सहजीकरण कानुनसम्बन्धी छलफलमा उनले कानुन निर्माताहरूले विगतमा राम्रोसँग अध्ययन नगरीकनै कानुन पास गरिदिँदा पनि अहिले समस्या निम्तिएको जिकिर समेत गरे । त्यसैले अब सूक्ष्म अध्ययन गरेर कानुन निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

यस्तै उनले आर्थिक जीवनमा परिवर्तन ल्याउने योजना छनोट गरी तिनलाई कसैले रोक्न नसक्ने किसिमको कानुन तर्जुमा गर्नुपर्ने बताए । राजनीतिक प्रकृति र राजनीतिक आवश्यकताका आधारमा योजनालाई छुट्याउन आवश्यक रहेको उनले उल्लेख गरे । कतिपय राजनीतिक प्रकृतिका योजनाका कारण खर्च हुन नसकेको भन्दै उनले आवश्यकताका आधारमा योजनाको छनोट गर्नुपर्नेमा धारणा राखे ।

बैठकमा मुख्यसचिव शंकरदास बैरागी, अर्थसचिव मधुकुमार मरासिनी तथा विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधिको सहभागिता थियो । बैठकमा वर्तमान खरिद कानुन, पुँजीगत खर्चको लक्ष्य प्राप्तिमा समस्या, निकायगत समन्वयको अवस्था तथा वित्तीय अनुशासनलगायतका विषयमा छलफल भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x