वित्तीय क्षेत्रमा आठ खर्बको बैंकस्तरीय कारोबार
काठमाडौं, माघ २०
बैंकिङ संस्थाहरुबीच हुने कारोबार रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो अवधिमा वाणिज्य बैंकहरुले मात्र सात खर्ब ९७ अर्ब ८९ करोड रुपैयाँबराबरको बैंकस्तरीय कारोबार गरेका हुन् । यस अवधिमा वाणिज्य बैंकबाहेकका विकास बैंक र फाइनान्स कम्पनीहरुले भने ७४ अर्ब १६ करोड रुपैयाँबराबरको कारोबार गरेका छन् ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सबैले गरी चालू आवको पाँच महिनामा आठ खर्ब रुपैयाँभन्दा बढीको बैंकस्तरीय कारोबार गरेका हुन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरुले क्रमशः पाँच खर्ब ४० अर्ब ७७ करोड र ६७ अर्ब ७० करोडको यस्तो कारोबार गरेका थिए । राष्ट्र बैंकका अनुुसार २०७५ मंसिरमा ९१–दिने ट्रेजरी बिल्सको भारित औसत ब्याजदर एक प्रतिशत रहेकोमा २०७६ मंसिरमा एक दशमलव ६४ प्रतिशत कायम भएको छ ।
वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ मंसिरको एक दशमलव २० प्रतिशतको तुलनामा २०७६ मंसिरमा शून्य दशमलव ७८ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुको औसत आधार दर २०७५ मंसिरको १० दशमलव ३० प्रतिशतको तुलनामा २०७६ मंसिरमा नौ दशमलव ४६ प्रतिशत कायम भएको छ । २०७६ मंसिरमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर छ दशमलव ८० प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११ दशमलव ९३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः छ दशमलव ६२ प्रतिशत र १२ दशमलव ३२ प्रतिशत रहेका थिए ।
आज १० करोडको ट्रेजरी बिक्री गरिँदै : नेपाल राष्ट्र बैंकले आज सोमबार १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । जारी मिति माघ २१ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । राष्ट्र बैंकका अनुसार ९१ दिने अवधिको उक्त ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ वैशाख २३ गते तोकिएको छ । यसअघि यही माघ १३ गते पनि राष्ट्र बैंकले १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
- खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गर्न मन्त्री यादवको निर्देशन
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया