Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकान्तिपुरका अध्यक्ष सिरोहियाको जेठो छोराले हाँकेको कार गम्भीर दुर्घटनामा

कान्तिपुरका अध्यक्ष सिरोहियाको जेठो छोराले हाँकेको कार गम्भीर दुर्घटनामा


आर्थिक संवाददाता
काठमाडौं, मंसिर २६

शनिबार बिहान करिब पौने पाँच बजे माइतीघर मण्डलामा बा१२च ६१०० नम्बरको भक्सवागन कम्पनीको सेतो रंगको निजी कार गम्भीर दुर्घटनामा परेको छ । चालकले अत्यधिक मदिरा सेवन गरेर गाडी चलाएको कारण अनियन्त्रित भई भएको दुर्घटनामा चार जना घाइते भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार बिहान करिब पौने चारबजे चारजना व्यक्ति चढेको उक्त सेतो कार थापाथलीको नर्भिक अस्पताल अगाडि केही बेर रोकिएको थियो । उक्त स्थानमा आउँदा पनि सो कार अनियन्त्रित भएर आएको थियो । त्यहाँबाट अगाडि बढ्ने क्रममा उक्त कार अनियन्त्रित भई सडकपेटीमा चढेको थियो । कार सडकपेटीमा चढेपछि रिक्सामा चिया पसल गर्ने तथा चिया पिईरहेकाहरुको भागदौड भएको थियो । त्यसपछि सो कार नरोकि थापाथली चोकबाट माइतीघर मण्डलातर्फ तीब्र गतिमा हुईकिएको थियो ।

कार अनिन्त्रित भएर अगाडि बढ्दा माइतीघर मण्डलामा सडक किनारमा रहेको सोलार प्यानल राखेको पोललाई ठक्कर दिएर सडक पेटीकै सिमेन्टले निर्माण गरिएको पिलरलमा ठोकिँदा कार सडकमा तीन बल्ड्याङ भएको थियो । उक्त कारमा चालकसहित दुई पुरुष र दुई महिला रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ । दुर्घटनामा परेको कर कान्तिपुर पब्लिकेशन प्रालिका अध्यक्ष कैलाश सिरोहियाका जेठा छोरा सम्भव सिरोहियाको रहेको स्रोतले जानकारी दिएको छ । कारमा रहेका अर्का पुरुष व्यक्ति बाफलका सौरभ माली भए पनि सुरक्षा स्रोतले ती दुई युवतीको नाम भने बताउन चाहेन । कर सौरभ आफैंले हाँकेका थिए । ‘केटीको नाम बताउँन मिल्दैन’, सुरक्षा स्रोतले भन्यो, ‘कैशाल सिरोहियाका जेठा छोरा सम्भवले चलाएको कार गम्भीर दुर्घटनामा परेको हो ।’ स्रोतका अनुसार उक्त कार कैलाशले छोरालाई जन्मदिनको उपहार स्वरुप दिएका हुन् ।

थापाथलीको चिया पसलमा ठक्कर दिन खोज्दा भागेको उक्त कारको बारेमा प्रहरी कन्ट्रोल रुममा चिया पसले र बटुवाहरुले खबर गर्ने तयारी गर्दैगर्दा दुुई मिनेटमै माइतीघरमण्डलामा दुर्घटनामा परेको थियो । विभत्स तरिकाले दुर्घटना भएको उक्त कार सडकमा उत्तानो परेको देखेपछि मर्निङवाकमा निस्केका सर्वसाधारण र प्रहरीले उक्त कारमा रहेका युवायुवतीलार्ई उद्धार गरेर नर्भिक अस्पताल पु-याएको थियो । अस्पताल पुग्नेबित्तिकै घाइतेहरुलार्ई प्रहरीले सोधपुछ गर्ने क्रममा सिरोहिया र मालीले दुवै जना केटी आफ्नो ‘गर्लफ्रेन्ड’ रहेको बताएको स्रोतले जानकारी दियो ।

दुर्घटनामा परेका चालकको परिचय तथा उनको हैसियत बुझ्दै अस्पतालको प्रहरीले माथिल्लो निकायमा रिपोर्ट गरेपछि करिब १० मिनेटमा क्रेन र -याकर लिएर प्रहरीको जम्बो टोली घटनास्थलमा पुगेर हतार–हतार उक्त कार हटाएको थियो । स्रोतका अनुसार उक्त दुर्घटनाबाट टायर समेत खुस्किएको गाडीलार्ई क्रेनले उचालेर ¥याकरमा राख्दा कारभित्रबाट ४÷५ वटा मदिरा र बियरका बोत्तल भुइँमा छरपस्ट भएका थिए भने घाइतेहरुको रगत बाटोको भुइँसम्म लतपतिएको थियो । कार उठाइसकेपछि प्रहरीको अर्को टोलीले हतार–हतार कुचो लगाएर सडक सफा गर्दै सडकमा लतपतिएको रगत समेत पुछपाछ गरेर घटनास्थललाई पूर्ववत् अवस्थामा ठीकठाक पारेका थिए ।

माइतीघरमण्डलाको उक्त विभत्स एवं रहस्यमय कार दुर्घटना सम्बन्धमा प्रहरीले मुख खोल्न चाहेको छैन । उक्त दुर्घटनाको विषयमा जानकारी लिनखोज्दा उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी जय बहादुर चन्दले आफूूलार्ई उक्त घटनाको सम्बन्धमा कार्यालयबाट सामान्य रिपोर्ट गरेको र आफू घरमा भएको कारण विस्तृत विवरण दिन नसक्ने बताए । उनले उक्त घटना खासै ठूूलो दुर्घटना नभएको दाबी गरे पनि आर्थिक दैनिकलार्ई प्राप्त उक्त दुर्घटनास्थलको तस्बिरले उक्त दुर्घटना भयानक रहेको प्रष्ट हुन्छ । सामान्य दुर्घटनामा मिडियाहरुलार्ई ‘प्रेस रिलिज’ पठाउने ट्राफिक महाशाखाले उक्त घटना लुकाउनखोज्नु निकै अर्थपूर्ण देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x