नेपाल बायुसेवा निगममा आन्दोलनरत संयुक्त ट्रेड युनियनले ग-यो महाप्रबन्धक सहित सञ्चालक समिति बर्खास्तीको माग
काठमाडौं : नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने निर्णय खारेज गर्ने विषय तथा उक्त प्रकयामा सलग्त रहेको आरोप लगाउँदै महाप्रवन्धक डिम प्रसाद पौडेल तथा सञ्चालक समितिका सदस्यहरु फुर्वा ग्याल्जे शेर्पा र ईश्वरी पौडेललाई तत्कालन निलम्बन गर्न नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनले माग गरको छ । यसअगि युनियनले नीजि कम्पनीहरुरुसंग मिलेर महाप्रबन्धक पौडेलले निगम नीजिकरण गर्न लागेको आरोप लगाउँदै लगातार आन्दोलन गरी १०४ दिनसम्म महाप्रबन्धक पौडेललाई निगम प्रवेशमा रोक लगाएका थिए ।
निगमका संयुक्त टे«ड युनियनले एक विज्ञप्ती जारी गर्दै हवाई माफियाहरुसंग मिलेर निगम डुबाउन लागि परेका यि तीन जनालाई तत्काल निलम्बन गर्न माग गरेको हो । ट्रेड युनियन संघर्ष समितिले उनीहरुलाई निलम्बन गर्नुपर्ने कारणहरु समेत ४ बुँदामा प्रष्ट पारेको छ ।
संघर्ष समितिले २०७८ पोप १३ गतेदेखी दोहामा ग्राउण्डेड भएको निगमको जहाजको इन्जिन तत्काल बनाउनुपर्ने निर्णय गर्न पर्नेमा तिन वोर्ड सदस्यहरुले उक्त इन्जिन मर्मत गर्ने विषयमा निर्णयको खलल पुग्नेगरी बक्तव्य जारी गरेको, नेपाल सरकारले नेपाल वायुसेवा निगमलाई हाल सरकारी स्वामित्वमै सचालन गर्ने निर्णय गरीसकेको अवस्थामा ती बोर्ड सदस्यहरुले फेरी कम्पनीकरण नीजिकरण गर्नु पर्छ भन्दै नेपाल सरकारको निर्णय र योजना विरुद्ध कार्य गरेको, चिनिया जहाजको प्रभावकारी ढङगले सन्चालन गरी अन्तरिक उडानमा अन्य जहाज खरिद भई नआएसम्म संचालन गर्नका लागि छलफल अगाडी बढिरहेको अवस्थामा उक्त जहाजहरु संचालनमा ल्याउने विषयमा छलफल नै हुन सक्दैन भनी विज्ञप्ती जारी गरेको तथा निगमको संचालक समितिमा प्रस्तावित भएका अतिगोप्य प्रस्तावहरु उक्त समितिमा छलफल हुँदै गर्दा सार्वजनिक संचार माध्याममा सप्रेषण गर्दै नियम विपरित कार्य गरेकोले यि तीन जनालाई निलम्बन गर्नुपर्ने माग राखेको हो ।
संयुक्त ट्रेड युनियनले जारी गरेको वक्तव्यमा नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल वायु सेवा निगमका अध्यक्ष राजु श्रेष्ठ, नेपाल वायुसेवा निगम कर्मचारी संघको तर्फबाट अध्यक्ष मान बहादुर कुँवर तथा नेपाल वायुसेवा निगम कर्मचारी युनियनको तर्फबाट अध्यक्ष सुवास डाँगीले हस्ताक्षर गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया