काठमाडौं, माघ २७
विगतका कैयौं व्यक्तिलाई ठगी गरेका तथा ठगीको आरोपमा जेलजीवन बिताएका भेष बहादुर थापा अध्यक्ष बनेका कारण सुन्दर यातायात संकटमा फसेको छ । रंगकर्मी दिनेश डिसीलगायतका व्यक्तिहरु सञ्चालक रहेको सुन्दर यातायातलाई बैंकले ऋण नदिएको भन्दै गत पुस २७ गते एक वक्तव्य नै निकालिएको थियो ।
बैंकहरुलाई ऋण दिन दबाब सिर्जना गर्ने उद्देश्यले प्रकाशित वक्तव्यपछि पनि बैंकहरु टसका मस भएका छैनन् । कुनै पनि बैंकले ऋण नदिएपछि सुन्दर यातायातले थप बस भित्र्याउनसकेको छैन । गत वर्षदेखि ५० वटा बस भित्र्याउने भन्दै ढाँट्दै आएको सुन्दर यातायातलाई चिनियाँ कम्पनीले समेत पत्याउन छोडेको छ । विद्युतीय सवारीतर्फ आकर्षणलाई आवरण बनाएर विगतमा ठगी मुद्दामा जेल परेर छुटेका एक अभियुक्तले सुन्दर यातायात नामको विद्युतीय बस सञ्चालन गरे पनि थापाकै कारण जनताको पैसा लगानी गर्ने अवस्था नरहेको बैंकरहरुको भनाइ छ । थापाको खराब विगतका कारण आँखा चिम्लेर ऋण दिने अवस्था नरहेको एक बैंकरले आर्थिक दैनिकलाई बताए ।
संस्थागत सुशासन नभएको, व्यक्तिगत रुपमा सञ्चालन गरिएको कारण सुन्दर यातायातमा गरेको लगानी खेर जाने अवस्था आएको लगानीकर्ताहरुले गुनासो गरेका छन् । विगतमा नेपालका चर्चित प्रहरी अधिकृत, नामी पत्रकारदेखि सैनिकसमेतको रकम ठगी गरेपछि जेल परेका थिए भेष बहादुर थापा । आफूलाई पत्रकार समेत भन्दै हिँड्ने थापाले २०६७ सालमा तत्कालीन प्रहरी हेडक्वार्टरका इन्स्पेक्टर तथा हालका थापा थरका डीएसपी, नेपाली सेनाका मेजर, सशस्त्र प्रहरीका डीएसपी, नेपाल टिभीकी एक अविवाहित महिला पत्रकारलाई समेत ठगी गरेका थिए ।
थापाले त्यतिबेला विभिन्न काममा लगाइदिन्छु भन्दै जनही २० हजारदेखि दुई लाख रुपैयाँसम्म ठगी गर्न भ्याएको सूत्रको भनाइ छ । उनको ठगीमा एक जना केसी थरकी हिरोइन समेत परेकी थिइन् । चारैतिर ठगीको उजुरी परेपछि उनलाई महानगरीय प्रहरी परिसर हनुमानढोकाले पक्राउ गरी मुद्दा चलाएको थियो । केही जेल बसेपछि रिहा भएका थापा संक्रमणकालको फाइदा उठाउँदै सुन्दर यातायातको नयाँ योजना लिएर बाहिर निस्केका थिए । गत वर्षको मंसिर २७ गत नै पत्रकार सम्मेलन गरेर छ महिनाभित्रैमा ५०–६० वटा बस भित्र्याउने दाबी गरेको सुन्दर यातायातले चिनियाँ कम्पनी बिकेले पठाएको चारवटा परीक्षणको रुपमा सञ्चालनको लागि पठाएको बस चलाएर थप ठगी गर्न उद्यत रहेको छ ।
काठमाडौंको कालोपुलमा १५ वर्षअघि नै घर किनेका थापा एसएलसी समेत फेल हुन् । उनले नक्कली सर्टिफिकेट बनाएर सूचना विभागको पास लिएको खुलेको थियो । स्याङ्जामा जन्मेका थापाले अहिले पनि गृहमन्त्री रामबहादुर थापा आफ्नो नाता पर्ने भन्दै विभिन्न व्यक्तिलाई प्रभावमा पर्ने गरेको सूत्रको दाबी छ । उनी नेकपाका विभिन्न नेताहरु निकट रहेका छन् । बाग्लुङ तथा स्याङ्जाका स्थानीय नेतामार्फत उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नजिक पुगेका उनी समय–समयमा नेताको घरमा उपहार लिएर पुग्ने गरेको सूत्रको दाबी छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया