Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालगञ्ज उद्योग वाणिज्य संघकोे नयाँ कार्यसमिति

नेपालगञ्ज उद्योग वाणिज्य संघकोे नयाँ कार्यसमिति


बाँके, माघ २७
नेपालगञ्ज उद्योग वाणिज्य संघको गत माघ ११ गते भएको मतदानबाट निर्वाचित नयाँ कार्यसमितिले शनिबारदेखि पदभार ग्रहण गरेको छ । संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यका अनुसार, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डी ढकाल, प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीको उपस्थितिमा नवनिर्वाचितहरुको शपथग्रहण गराइएको हो ।

संघमा अब्दुल वाहिद नेतृत्वको नवनिर्वाचित कार्यसमितिले शपथ लिएको हो । अब नयाँ कार्यसमितिको बैठकले दुई महिलाको मनोनयनसँगै जिम्मेवारी बाँडफाँट गर्नेछ । बैठकबाट प्रथम र द्वितीय उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, प्रवक्ता लगायतका जिम्मेवारी बाँडफाँट गरिनेछन् । ‘अध्यक्षले आफ्नो अधिकार प्रयोग गरी थप दुई जना मनोनीत गर्ने वैधानिक व्यवस्था छ’, निर्वमान अध्यक्ष वैश्यले भने, ‘अनिमात्रै कार्यसमितिले पूर्णता पाउने छ ।’

निवर्तमान अध्यक्ष वैश्यले अब केन्द्रीय सदस्य पदको तयारीमा आफू लाग्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा उम्मेदवारी घोषणा गरेको वैश्यले बताए । नेपालगञ्ज उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष अच्युत प्रसाईंदेखि सुरु भएको उद्योग वाणिज्य महासंघको यात्रामा वैश्य पनि जोडिन लालायित भएका हुन् । प्रसाईंपछि दामोदर आचार्य, सुनिल शर्मा र अहिले कृष्ण प्रसाद श्रेष्ठ नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारीपछि महासंघको निर्वाचित हुन सफल भए ।

संघकै सिफारिसमा उम्मेदवार भएकी भवानी राणा अहिले महासंघको सर्वोच्च अध्यक्ष पदमा आसीन छिन् । आगामी फागुन २८ र २९ गते महासंघको निर्वाचन हुँदै छ । ‘निवर्तमान अध्यक्षलाई महासंघ सदस्यमा पठाउने हाम्रो परम्पराजस्तै बनिसक्यो’, वैश्यले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x