कार्यसम्पादन मूल्याङ्कनमा पहिलो नम्बरमा केदारस्युँ गाउँपालिका
बझाङ । कार्यसम्पादन मूल्याङ्कनमा बझाङका स्थानीय तहमा केदारस्युँ गाउँपालिका पहिलो नम्बरमा पर्न सफल भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका १२ स्थानीय तहमध्ये केदारस्युँ गाउँपालिका पहिलो नम्बरमा देखिएको हो ।
प्रतिवेदनमा केदारस्युँ गाउँपालिकाले सबैभन्दा बढी ७३ दशमलव ६ प्रतिशत अङ्क पाएको छ । सुर्मा ६९ दशमलव ९३, छविसपाथिभेरा ६९ दशमलव ११, दुर्गाथली ६८ दशमलव ४७, थलारा ६६ दशमलव ८८, तलकोट ६५ दशमलव ७४, साइपाल ६५ दशमलव ४९ र बुंगल नगरपालिकाले ६१ दशमलव ९३ अङ्क पाएको छ । यसैगरी मष्टा गाउँपालिका ५६ दशमलव ६८, जयपृथ्वी नगरपालिका ५६ दशमलव ४९, खप्तडछान्ना गाउँपालिका ५६ दशमलव १० र वित्थडचिर गाउँपालिकाले ४२ दशमलव ७५ अङ्क पाएको छ । जिल्लामा सबैभन्दा कम वित्थडचिर गाउँपालिकाले ४२ दशमलव ७५ अङ्क पाएको हो ।
यही मूल्याङ्कनका आधारमा आयोगले आर्थिक वर्ष २०७९/८० का लागि संघबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम सिफारिस हुने जनाइएको छ । आयोगले कार्यसम्पादन सूचक मूल्याङ्कनबाट प्राप्त अङ्क र तथ्याङ्क सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको सूचकअनुसार संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने गरिन्छ । सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतको आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अङ्क प्रदान गरेको हो ।
क्याटेगोरी : नेपाल, समाचार
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया