काठमाडौं, माघ २८
पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको छ । ललितपुरको सानेपास्थित आफ्नै घरको भान्साकोठामा बिहान अचेत अवस्थामा भेटिएकी कार्कीको उपचारका क्रममा स्टार अस्पतालमा लगिएको थियो । अस्पतालमा पु-याउनुअघि नै उनको मृत्यु भएको स्रोतले जानकारी दिएको छ । मुनाको टाउकामा लागेको गम्भीर चोटका कारण निधन भएको हो । चिकित्सकका अनुसार घाँटी र हातमा समेत नीलडाम भेटिएको छ । घटनाका समयमा पूर्वसचिव कार्की घरमा नभएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
सोही घरमा कामदारका रूपमा बसेका विजय चौधरी भने घरको ‘डाइनिङ’ कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको कारण एक/दुई दिनमै हत्याको एकीन कारण पत्ता लाग्ने अनुमान गरिएको छ । शव परीक्षणका लागि सोमबार नै पाटन अस्पतालमा पठाइएको र सिसी क्यामेराको फुटेजलगायत अन्य प्रमाण सङ्कलन गरेर फोरेन्सिक ल्याबमा परीक्षण भइरहेको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया