सम्भाव्यता अध्ययनपछि मात्रै धौवादी खानीमा निजी क्षेत्र प्रवेश
काठमाडौं, माघ २८
आगामी आर्थिक वर्षदेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको सरकारले धौवादी फलाम खानीमा निजी क्षेत्रलाई समावेश गर्ने तयारी गरेको छ । सरकारले खानीको सम्भाव्यता अध्ययनपछि निजी क्षेत्रलाई समावेश गर्ने तयारी गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले निजी क्षेत्रले सम्भाव्यता अध्ययनपछि मात्रै प्रवेश पाउने बताइन् । ‘सरकारले यसअघि नै सरकारी स्वामित्व ५५ प्रतिशत र निजी क्षेत्रको स्वामित्व ४५ प्रतिशत रहने बताउँदै आएको छ’, उनले भनिन्, ‘सोहीअनुरुप नै हामी अघि बढेका छौँ । निजी क्षेत्र ल्याउने विषयमा मोडालिटी तयारी अन्तिम चरणमा पुगेको छ ।’
सम्भाव्यता अध्ययन भने नेपाल सरकार र चीन सरकारले संयुक्त रुपमा गर्ने मन्त्रालयले जानकारी दिएको छ । निजी क्षेत्र समावेश गर्ने विषयमा प्रबन्धपत्र समेत निर्माण गरिसकेको मन्त्रालयले जनाएको छ भने पछिल्लो समय खानी तथा भूगर्भ विभागले पुनः फलाम परीक्षणको लागि सो क्षेत्रमा भेटिएका पदार्थहरु चीन पठाएको छ ।
विभागका महानिर्देशक डा. सोमनाथ सापकोटाले केही महिनाअघि फलाम भए/नभएको परीक्षण गर्ने चीनको छेन्दुमा रहेको फलाम प्रशोधन प्रयोगशालामा पदार्थ पठाएको बताए । ‘पहिलो चरणमा १३ सय किलोग्राम पदार्थ परीक्षणका लागि छेन्दु प्रयोगशालामा पठाएका थियौँ’, उनले भने, पछिल्लो समय भने पाँच हजार केजी पदार्थ परीक्षणका लागि पठाएका छौँ । रिपोर्ट समयमा नै आउँथ्यो तर चीनमा देखापरेको कोरना भाइरसका कारण केही समस्या भएको छ ।
नवलपुर मुसीकोट गाविस वडा नम्बर ५ मा रहने सो खानी उत्खननको क्रममा स्थानीय प्रभावित हुनसक्ने विभागले जनाएको छ । करिब एक सय घरजति प्रभावित हुन सक्ने विभागका एक अधिकारीले बताए । उनले भने, ‘उनीहरुको चाहनाअनुरुप सो स्थानबाट अन्यत्र जान पनि सक्छन् अथवा त्यही पनि बस्न सक्छन् । खानी उत्खननको क्रममा स्थानीयलाई कुनै समस्या हुँदैन ।’
सो खानीबाट प्रतिदिन आठ सय टनका दरले ३० वर्षसम्म फलामा निकाल्न सकिने मन्त्रालयले बताउँदै आएको छ । सरकारले चालू आर्थिक वर्षको लागि एक अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ । मन्त्रालयले हाल अर्थ मन्त्रालयसँग बजेट माग गरिरहेको जानकारी दिएको छ । ‘धौवादी फलाम खानी कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइसकेको छ । धौवादी फलाम खानी लिमिटेड नाममा कार्यालयमा दर्ता भएको छ’, उनले भने, ‘कम्पनी ऐन, २०६३ अनुरुप सो नाममा कम्पनी दर्ता गराएका हौँ ।’
गत भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकले नवलपुरको धौवादी फलाम खानी लिमिटेड स्थापना गर्ने निर्णय गरेको थियो । कम्पनीको जारी पुँजी चार अर्ब र अधिकृत पुँजी दश अर्ब रुपैयाँ रहनेछ । काठमाडौँस्थित भूगर्भ विभाग परिसरभित्र यस कम्पनीको कार्यालयसमेत स्थापना गरिएको छ । कम्पनीको अध्यक्षमा उद्योग मन्त्रालयका सह–सचिव शोभाकान्त पौडेल रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनसँग फलाम उत्खननलाई तीव्रता दिएको विभागले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया