राजविराज, फागुन ४
सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्बर ५ को जाजरमा शनिबारदेखि मुस्लिमसभा आलमी इज्जितमा सुरु भएको छ । इज्जितमा भाग लिनको लागि दिल्ली जामे मस्जिदका मौलाना मोहम्मद कानदल्ची जाजर आएका थिए । सो सम्मेलानमा भाग लिन भारत, पाकिस्तान, साउदी अरेबिया, कतार र विभिन्न मुलुकबाट मुस्लिम धर्मावलम्बीहरु नेपाल आएका छन् ।
सो सम्मेलनमा भाग लिन जान लागेको थाहा पाएपछि रोहिन्ज्या शरणार्थीलाई सरकारले यही फागुुन ६ गतेसम्म काठमाडौंबाट बाहिर जान प्रतिबन्ध लगाएको छ । गत १ गते कपनस्थित राममन्दिर र लसुुटारमा रहेका रोहिन्ज्या शरणार्थीहरु सप्तरीको जाजरमा हुुने आलमी इज्जितमा भाग लिन जान लागेको थाहा पाएपछि प्रहरीले उनीहरुलाई क्याम्पबाट बाहिर निस्किन प्रतिबन्ध लगाएको हो ।
शनिबारदेखि सुरु भएको उक्त मुस्लिम सभामा झण्डै सवा लाखभन्दा बढी व्यक्ति सहभागी भएका छन् । सभास्थलमा तीन लाख मानिसहरुको लागि खाने बस्ने व्यवस्था गरिएको थाहा भएको छ । मुुस्लिम सभामा सहभागी हुुन भारतबाट आउने हजारौं मुसलमानहरु भारतीय सीमामा नै रोकिएको थाहा भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया