Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराटनगरमा भन्सार, भीसीटीएस तथा करसम्बन्धी प्रशिक्षण

विराटनगरमा भन्सार, भीसीटीएस तथा करसम्बन्धी प्रशिक्षण


काठमाडौं, फागुन ४
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र नाडाको संस्थागत एसोसिएसन मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनसँगको संयुक्त पहलमा शनिबार विराटनगरमा भन्सार, भेहिकल कन्साइनमेन्ट एण्ड ट्र्याकिङ सिस्टम (भीसीटीएस) तथा करसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नं १ का आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नाडाले जानकारी दिएको छ ।

नाडाका अनुसार यस्तो किसिमको प्रशिक्षण कार्यक्रम नाडाले विगतमा पनि गर्दै आएकोे छ । नाडाले यस्तो प्रशिक्षण कार्यक्रम सातवटै प्रदेशमा गर्ने जानकारी समेत दिएको छ । मोरङ्ग अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष सुभाष आचार्यको सभापतित्वमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा मोरङ्ग अटोमोबाइल्स डिलर्स एसोसिएसनमा आबद्ध विभिन्न फर्म कम्पनीहरुको तर्फबाट कुल ४२ जना प्रशिक्षार्थीले सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रममा राजस्व अनुसन्धान कार्यालय मोरङका अधिकृत हितेस बस्नेत, आन्तरिक राजस्व कार्यालय मोरङका अधिकृत पशुपति घिमिरे, जोगवनी भन्सार कार्यालयका भन्सार अधिकृत मणिराम पौडयाल, सीए तथा कार्यक्रमका प्रमुख प्रशिक्षक साहिल अग्रवालले प्रशिक्षण दिएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x