Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविद्युत्का तार भूमिगत बनाउने काम सुरु

विद्युत्का तार भूमिगत बनाउने काम सुरु


काठमाडौँ, फागुुन ६
काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकाङ्क्षी परियोजना सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार महाराजगञ्जबाट उक्त परियोजनाको कार्य आरम्भ गरेका हुन् । पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ । त्यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारको योजना छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको भूमिगत बनाउने कार्यक्रमको शिलान्याशपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको नयाँ अध्याय सुरु भएको बताएका थिए । प्रधानमन्त्री ओलीले विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि सहरको सौन्दर्य बढ्ने उल्लेख गर्दै कुरुपताको अन्त्य हुने दाबी गरे ।

कार्यक्रममा दिइएको जानकारीअनुसार तार भूमिगत गर्दा सडकमा न्यूनतम क्षति पु-याइनेछ । परम्परागत तरिकाले सडक नखनी सम्भव भएसम्म ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिको उपयोग गरिनेछ । सडकमा सवारीसाधनको अवागमन र पैदलयात्रीलाई असर नपर्ने गरी रातको समयमा काम गर्ने व्यवस्था मिलाइएको छ ।

सडक खन्दा निस्कने धूलो कम गर्न अधिकतम सावधानी अपनाइनेछ । भत्काइएका सडक १० दिनभित्रै मर्मत गर्ने व्यवस्था मिलाइएको छ । भूमिगत गरिने तारसँगै अप्टिकल फाइबर बिछ्याइने भएकाले इन्टरनेट, दूरसञ्चार सेवा, केबुल टेलिभिजन सेवा प्रदायकले समेत त्यसलाई प्रयोग गरी आफ्नो सेवा विस्तार गर्न सक्नेछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x