Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई हजार ३२ अंकमा खुम्चियो सेयर बजार

दुई हजार ३२ अंकमा खुम्चियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक साताको सुरुवाती कारोबार दिन आज सोमबार नै ओरालो लागेको छ । आज बजार परिसुचक १५ दशमलव ८२ अंकले ओरालो लागेर दुई हजार ३२ दशमलव ३४ बिन्दुमा खुम्चिएको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव तीन अंकले ओरालो लागेर तीन हजार आठ सय ८९ दशमलव ९५ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३० वटा कम्पनीह्रुको सेयर कारोबार भएका छन् । जसअनुसार २० हजार सात सय ७४ पटकको कारोबारमा २९ लाख २० हजार सात सय पाँच कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम ९९ करोड ८६ लाख ७४ हजार दुई सय ६२ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x