Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअन्ततः १९ सय बिन्दुमा झर्यो सेयर बजार

अन्ततः १९ सय बिन्दुमा झर्यो सेयर बजार


काठमाडौं । अन्तगोता सेयर बजार परिसुचक १९ सय अंकमा झरेको छ । १९ सय बिन्दुबाट नैं लगातार उकालो लागेर झण्डै ३५ सम्म बिन्दुसम्मा पुगेको सेयर बजार परिसुचक पछिल्लो समय लगातार ओरालो लाग्दै आएपछि १९ सय बिन्दुमा झरेको हो ।

अघिल्लो दिन दोहोरो अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज मंगलबार पुन ३६ दशमलव आठ अंकले ओरालो लागेपछि १९ सय ९६ दशमलव २५ बिन्दुमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ४८ अंकले ओरालो लागेर तीन सय ८३ दशमलव ५१ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३२ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ३१ हजार आठ सय छ पटकको कारोबारमा एक अर्ब १८ करोड ५५ लाख ४६ हजार एक सय ७९ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x