Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘जलविद्युत्को शक्तिः सेतो सुन’ विषयक कार्यशाला गोष्ठी हुँदै

‘जलविद्युत्को शक्तिः सेतो सुन’ विषयक कार्यशाला गोष्ठी हुँदै


काठमाडौं । आगामी असार दोस्रो साता राजधानीमा ‘जलविद्युत्को शक्तिः सेतो सुन’ विषयक कार्यशाला गोष्ठी (सिम्पोसियम अन पावर अफ हाइड्रोपावर : ह्वाइट गोल्ड) आयोजना हुने भएको छ । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा)ले असार १२ गते जमलस्थित होटल यलोप्यागोडामा उक्त गोष्ठीको आयोजना गर्ने भएको हो ।

गोष्ठीमा जलविद्युत् क्षेत्रसँग सम्बन्धित उद्यमी, लगानीकर्ता, बैंकर, बीमक, विवाद मध्यस्थकर्ता, बीमा नियमनकारी निकाय, क्षति मूल्यांकनकर्तालगायतसँग विस्तृत छलफल र अन्तरक्रिया हुने एसोसिएसनले जनाएको छ । नेपालको अर्थतन्त्र तथा समष्टि विकासको लागि जलविद्युत्ले गर्न सक्ने योगदानलाई उच्च मनन गर्दै कार्यशाला गोष्ठी आयोजना गर्न लागिएको एसोसिएसनका अध्यक्ष मोहनपुरुष ढकालले बताए ।

गोष्ठीले जलविद्युत् क्षेत्रसँग सम्बन्धित लगानी गर्न चाहने उद्यमी, लगानीकर्ता तथा बैंकरहरू, लगानीको जोखिमलाई हस्तान्तरण गर्न चाहने र सो जोखिम रक्षावरण गर्न चाहने बीमक तथा पूनर्बीमक, भवितव्य भई क्षति भएमा क्षतिको मूल्यांकन गर्ने क्षति मूल्यांकनकर्ता, बीमा उद्योगमा कुनै विवाद उत्पन्न भएमा विवाद समाधान गर्ने मध्यस्थकर्ता, सम्पुर्ण लगानीकर्ताहरूको लगानी सुरक्षालाई बीमा क्षेत्रमा नियमन गर्ने नियामनकारी निकायबीचको अकर्मणयताको निदान गर्न, असमझदारीको खाडल पूर्ति गर्न मार्ग निर्देशन गर्नुका साथै सम्बन्धित निकायलाई उपयुक्त नीति निर्माण गर्न सहायक भूमिका हुने बताइएको छ ।

पछिल्लो समय जलविद्युत्को बीमाको विषयलाई लिएर ठूला–ठूला समस्याहरू देखापरिरहेको सन्दर्भमा सर्भेयर एसोसिएसनले सरोकारवाला पक्षसँग एकदिने छलफल तथा अन्तरक्रिया गर्न थालेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले कार्यशाला गोष्ठीको उद्घाटन गर्ने तथा बीमा समितिका अध्यक्ष सूर्य सिलवाल विशिष्ट आतिथि रहने एसोसिएसनले जनाएको रहेको छ । चारवटा सत्रमा सञ्चालन हुने गोष्ठीमा बीमा, जलविद्युत् र सर्भेयरका तर्फबाट विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने र सोही प्रस्तुतिमा छलफल हुनेछ । एसोसिएसनले सम्पूर्ण निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, दाबी विभाग प्रमुख र मार्केटिङ विभाग प्रमुख, नियामक निकायदेखि सरोकारवाला निकायहरूलाई गोष्ठीमा सहभागिताका लागि आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x