Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआधारभूत सहकारीका अध्यक्ष देवकोटा साइबर क्राइमको अपराधी !

आधारभूत सहकारीका अध्यक्ष देवकोटा साइबर क्राइमको अपराधी !

प्रबन्धनिर्देशक सविना ठगीमा डामिएको खुलासा !


काठमाडौं । इन्द्रचोकमा कार्यालय रहेको आधारभूत बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष खड्गबहादुर देवकोटा विद्युतीय अपराध (साइबर क्राइम) मा कारबाही परेको व्यक्ति भएको खुलासा भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले २०७३ साल जेठ ९ गते उनलाई कारबाहीको फैसला गरेको थियो । शोभादेवी शर्माको जाहेरीले नेपाल सरकार वादी रहेको मुद्दामा देवकोटा दोषी ठहरिएका हुन् । उक्त मुद्दामा उनलाई पाँच हजार रुपैयाँ जरिवाना भएको थियो ।

त्यसैगरी उनकी श्रीमती समेत रहेकी आधारभूत सहकारीकी प्रबन्धनिर्देशक सविना वाग्ले देवकोटा यसअघि नै सहकारी ठगीमा डामिएको व्यक्ति भएको खुलासा भएको छ ।

साना किसान कृषि जागरण सहकारी संस्था बर्दिबासको ११ लाख ६५ हजार रुपैयाँ ठगिएको आरोप लगाएर संस्थाका अध्यक्ष सुरेन्द्रराज लामाले उनीविरुद्ध महोत्तरी जिल्ला अदालतमा मुद्दा हालेका थिए ।

उक्त सहकारी संस्थाले वाग्लेलाई २०७० जेठ २५ गते व्यवस्थापक नियुक्त गरेको थियो र २०७० असोज ३ गते संस्थाको रकम ११ लाख ६५ हजार रुपैयाँ लिएर उनी सम्पर्कविहीन बनेकी थिइन् । २०७१ असार २६ गते महोत्तरी जिल्ला अदालतका न्यायाधीश कृष्ण मुरारी शर्माको इजलासले गरेको फैसलामाथि चित्त नबुझेपछि सविनाले ठगी गरेको भन्दै सहकारीका अध्यक्ष लामाको जाहेरीले नेपाल सरकार पुनरावेदनमा गएको थियो ।

आपराधिक पृष्ठभूमि भएका देवकोटा दम्पतीले पुनः गत जेठ १३ गते ज्यान मार्ने उद्योग गरेको भनी प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेमा किटानी जाहेरी परेको थियो । उनीहरुले भाडाका गुण्डा लगाएर गत जेठ ८ गते रोमनाथ भण्डारीमाथि सांघातिक आक्रमण गरेका थिए ।

जाहेरीपछि देवकोटा दम्पतीलाई प्रहरीले गत जेठ १८ गते पक्राउ गरी थुनामा राखेको थियो । ज्यान मार्ने उद्योगमा थुनामा जानु अघिदेखि नै उनीहरुले सञ्चालन गर्दै आएको आधारभूत सहकारीविरुद्ध ठगीको आरोपमा उजुरी आउन सुरु भएकोमा यतिबेला सहकारीमा भीड समेत लाग्नथालेको छ ।

आफूले राखेको पैसा भनेको समयमा नदिएर आजभोलि भन्दै महिनौँ झुलाउन थालेपछि पीडितहरुले ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय टेकु र उनीहरुलाई थुनामा राखिएको सोह्रखुट्टेमा समेत उजुरी हालेका छन् । राजनीतिकदेखि न्यायालयमा समेत आफूले भनेजस्तो निर्णय आउँछ भन्दै हिँड्ने गरेका देवकोटा दम्पतीको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्चले खारेज गरिदिएसँगै शुक्रबार जेल गएका दम्पतीलाई सोमबार काठमाडौं जिल्ला अदालतले थुनछेक बहसपछि ३०÷३० हजार धरौटीमा रिहा गरेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x