Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजग्गा धितो राखेर बैंकबाट ऋण नपाइने व्यवस्था तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

जग्गा धितो राखेर बैंकबाट ऋण नपाइने व्यवस्था तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


काठमाडौं । सर्वोच्च अदालतले जग्गा धितो राखेर बैंकबाट ऋण नपाइने व्यवस्था तत्कालको लागि कार्यान्वयन नगर्न, नगराउन अन्तरिम आदेश दिएको छ । अधिवक्ता विष्णु बहादुर सुनुवारले दायर गरेको रिटमा न्यायाधीश ईश्वर प्रसाद खतिवडाको इजलासले आइतबार उक्त आदेश जारी गरेको हो ।

हालसम्म पनि सरकारले कुन जग्गा कस्तो प्रकारको हो भनेर छुट्याउने गरी वर्गीकरण नगरिसकेको र जग्गाको वर्गीकरण नभएसम्मका अर्थात् अनिश्चित कालको लागि जग्गा जमिन धितो बन्धकी राख्न नपाउने व्यवस्था गर्दा नागरिकको मौलिक कुण्ठित हुने भन्दै अदालतले यस्तो आदेश जारी गरेको हो । अदालतको यस्तो आदेशसँगै तत्कालको लागि आम नागरिकले जग्गा जमिन धितो राखेर कर्जा लिन पाउने भएका छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x