काठमाडौं, फागुन ८
अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले एकद्वारबाट कर संकलन गर्ने सोच सरकारको रहेको बताएका छन् । अझै पनि कतिपय कारोबारमा दोहोर ढङ्गले कर लाग्ने गरेको गुनासो आएको भन्दै उनले यो समस्यालाई यथाशीघ्र समाधान गरिने बताए । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि मण्डलसँगको भेटमा उनले संघीय र प्रान्तीय सरकारबीच स्रोत साधान बाँडफाँट गर्न तथा करसम्बन्धी विवाद समाधान गर्नका लागि समितिसमेत गठन गरिने बताए । कर संकलनको लागत बढेको बताउँदै उनले व्यवसाय गर्ने लागत घटाउन अध्ययन भइरहेको समेत जानकारी दिए । उनले हाल मुलुकको विदेशी मुद्रा सञ्चिति सन्तोषजनक रहेको बताए ।
सम्पति शुद्धीकरणबाट व्यवसायी आतङ्कित हुनु नपर्ने बताउँदै उनले बीमालगायत अन्य सेवालाई अनलाइनमा जान प्रोत्साहित गरिरहेको बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले यस आर्थिक वर्षमा बजेटको आकार घटाइएकोले सबै क्षेत्रमा असर परी बढी अपेक्षित वृद्धिदर हासिल हुने अपेक्षा रहेको बताए । उनले बैंकिङ समस्या समाधान गर्न कमिटी गठन गरिएकोले व्यावसायिक ब्याजदर घट्ने आशासमेत राखिएको बताए । मौद्रिक नीतिको मध्यावधि मूल्याङ्कनबाट राष्ट्र बैंकले लागू गरेको सङ्कुचित प्रावधानहरू केही खुकुलो हुने आपेक्षा राखिएको बताए ।
साथै भारतीय बजेटबाट करको दर उल्लेखनीयरूपमा घटाइएको र कृषिमा अत्यधिक अनुदान दिइएबाट कृषि वस्तुहरू प्रतिस्पर्धी हुन ठोस कार्ययोजना ल्याइनुपर्ने बताउँदै उनले यस क्षेत्रमा आउने लगानी भारततर्फ जाने सम्भावनाको समुचित कदम चालिनु पर्ने बताए । व्यवसायको लागत बढेको, करचुक्ता अनलाइन हुनुपर्ने, अडिट धेरै संख्यामा भएको सम्पत्ति शुद्धीकरणको चिठीले व्यवसाय जगतमा आतङ्क सिर्जना भएको चेम्बर अध्यक्ष श्रेष्ठले बताए । उद्यमी व्यवसायीले करसम्बन्धी कानुन उलंघन गरेको पाइएमा उनीहरूलाई फौजदारी अभियोग नलगाई आर्थिक जरिवाना मात्र लगाउनु पर्ने उनले माग गरे ।
अझै पनि कतिपय कारोबारमा दोहोर ढङ्गले कर लाग्ने गरेको उनको भनाइ छ । यो प्रचलनलाई यथाशीघ्र खारेज गरिनुपर्ने र संघीय र प्रान्तीय सरकारको बीच स्रोत साधान बाँडफाँड गर्न तथा करसम्बन्धी विवाद समाधान गर्नका लागि गठन गरिने, वित्तीय आयोगमा निजी क्षेत्रको समेत प्रतिनिधित्व हुनुपर्नेमा श्रेष्ठले जोड दिए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले हालै अर्थ सचिवको कार्यभार सम्हालेका अर्थ सचिव शिशिरकुमार ढुङ्गानालाई बधाईज्ञापन तथा कार्यकालको पूर्ण सफलताको कामना गर्नुका साथै निजी क्षेत्रसँग सहकार्य गरी अर्थतन्त्रको विकाशमा जोड दिने अपेक्षा निजी क्षेत्रले गरेको बताए । सो अवसरमा अर्थ मन्त्रालयका उच्चपदस्थ अधिकृतहरू, चेम्बरका पदाधिकारी, राजस्व समिति सदस्यहरू, उद्यमी व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया