Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआरएमडीसीद्वारा आशा किरण केन्द्रलाई एक लाख रूपैयाँ सहयोग

आरएमडीसीद्वारा आशा किरण केन्द्रलाई एक लाख रूपैयाँ सहयोग


काठमाडौं, फागुन ८
आरएमडीसी लघुवित्त वित्तीय संस्थाले आशा किरण केन्द्रलाई आर्थिक सहयोग गरेको छ । केन्द्रले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व कार्यक्रमअन्तर्गत उक्त संस्थालाई एक लाख रूपैयाँ सहयोग गरेको हो । संस्थाले पर्साको वीरगञ्ज १४ स्थित सुुस्तमनस्थिति, अटिजम, मस्तिष्क पक्षघात, डाउन सिन्ड्रोम, बौद्धिक अशक्तता भएका बालबालिकाहरूलाई हेरचाह गर्ने संस्था आशा किरण केन्द्रलाई सहयोग गरेको हो ।

आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले उक्त आशा किरण केन्द्रका अध्यक्ष सुनिलकुमार गुप्तालाई आरएमडीसीको मुख्य कार्यालय पुतलीसडकमा एक लाखको चेक हस्तान्तरण गरेका हुुन् । उक्त हस्तान्तरण कार्यक्रममा आरएमडीसीका वरिष्ठ प्रबन्धकद्वय अन्नपूर्ण श्रेष्ठ, रूपबहादुर खड्का, प्रबन्धकद्वय अनिलकृष्ण जोशी, ज्ञानुमाया भण्डारीको उपस्थिति रहेको थियो । उक्त अवसरमा आशा किरण केन्द्रका अध्यक्ष गुप्ताले प्रकारको सहयोगले उक्त केन्द्रलाई ठूलो मदत तथा हौसला मिलेकोमा खुसी व्यक्त गर्दै आरएमडीसीलाई धन्यवाद दिएका थिए ।

नेपालका लघुवित्त वित्तीय संस्था र सहकारी संस्थाहरूलाई थोक कर्जा प्रदान गर्नुको साथै संस्थागत क्षमता विकासको लागि प्राविधिक सहयोग उपलब्ध गराउने राष्ट्रियस्तरको लघुवित्त संस्था हो । यस संस्थाले साझेदार संस्थाहरूमार्फत पिछडिएका वर्गका महिलाहरूलाई केन्द्रित गरी लघुवित्त क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि संस्थागत आधारशीला निर्माण तथा जनशक्ति विकासमा विशेष भूमिका निर्वाह गर्दै आइरहेकोे जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x