Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ४१ करोड

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ४१ करोड


काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि चालू आवको भन्दा सात अर्ब बढी बजेट ल्याएको छ । महानगरले आगामी आवको लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रूपैयाँबराबरको बजेट प्रस्तुत गरेको हो । कामपाको उपप्रमुख सुनिता डङ्गोलले शुक्रबार नगरसभामा उक्त रकमबराबरको बजेट प्रस्ताव गरेकी हुन् ।

कामपाले चालू आवका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट ल्याएको थियो । जसमा सबैभन्दा धेरै भौतिक पूर्वाधारको क्षेत्रमा १० अर्ब ८० करोड बजेट पारित भएको थियो । आगामी आवका लागि पनि कामपाले चालू आवको जस्तै पूर्वाधार विकासका लागि सबैभन्दा धरै ११ अर्ब आठ करोड रूपैयाँ बजेट प्रस्ताव गरेको छ । नगरसभामा उपप्रमुख डङ्गोलले कार्यालय खर्चका लागि चार अर्ब ६८ करोड बजेट प्रस्ताव गरेको जानकारी दिइन् । यो कुल बजेटको २० प्रतिशत हो । यस्तै आर्थिक विकास कार्यक्रमका लागि कुल बजेटको २ दशमलव २४ प्रतिशतले हुनआउने ५० करोड २१ लाख २४ हजार रूपैयाँ विनियोजन गरिएको छ ।

स्रोत व्यवस्थापनतर्फ भने महानगरको सञ्चित कोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४१ हजारबाहेक संघीय सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा राजस्व बाँडफाँट र जग्गा एकीकरण आयोजनाहरूबाट प्राप्त हुने महानगरले जनाएको छ । यस्तो आम्दानी सञ्चित कोषबाहेक तीन अर्ब पाँच करोड एक लाख ४७ हजार रहनेछ । संवैधानिक व्यवस्थाअनुसार कामपाले यही असार ८ गते नीति तथा कार्यक्रम पारित गरेको थियो भने सोहीअनुसार शुक्रबार नगरसभामा बजेट प्रस्तुत गरेको हो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x