Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगैरकानुनी रूपमा गिट्टी बालुवा उत्खनन, बिक्रीवितरण गर्ने सरकारी कर्मचारी र सप्लायर्सविरुद्ध मुद्दा दायर

गैरकानुनी रूपमा गिट्टी बालुवा उत्खनन, बिक्रीवितरण गर्ने सरकारी कर्मचारी र सप्लायर्सविरुद्ध मुद्दा दायर


काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानुनीरूपमा मिलेमतो गरी अनियमितता गरेका जीतपुरसिमरा उपमहानगरपालिकाका कर्मचारी र न्यू पाथिभरा सप्लायर्सका सञ्चालकविरुद्ध विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको छ ।

न्यू पाथिभरा सप्लायर्स, हेटौंडासँग सम्झौतापत्रमा उल्लेख भएबमोजिमको सर्तहरू पूरा नगर्दा पनि नियमितरूपमा गिट्टी बालुवा उत्खनन, बिक्रीवितरण गर्न उपमहानगरपालिकाका कर्मचारीहरू दिइएको अख्तियारले बताएको छ ।

उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंले बालगंगा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्री गर्ने गरी न्यू पाथिभरा सप्लायर्ससँग सम्झौता गर्दाको बखत दुई किस्ताबापत हुनआउने रकमको ठेकेदार कम्पनीबाट कार्यसम्पादन जमानत लिनुपर्नेमा उक्त रकम नलिई सम्झौता गरेको खुलेको छ । आव २०७६/०७७ मा ठेकेदारको तर्फबाट कबोलबमोजिमको अंकमध्ये हालसम्म दाखिला गर्न बाँकी रकम एक करोड २० लाख २८ हजार ९० रूपैयाँ नगरपालिकाको राजस्व रकम चुहावट हुनगएको अख्तियारले बताएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईलाई बिगो रकम एक करोड २० लाख २८ हजार ९० रूपैयाँ) कायम गरी कैद सजाय र जरिवाना हुन मागदाबी लिइएको छ ।

साथै अख्तियारले न्यू पाथिभरा सप्लायर्सले कबोल गरेको अंकमा बाँकी दाखिला नगरेको रकम एक करोड २० लाख २८ हजार ९० रूपैयाँ) र ठेक्का कबोल अंकको हुनआउने मूल्य अभिवृद्धि कर रकम ४६ लाख ४४ हजार पाँच सय १० रूपैयाँ दाखिला नगरेकोे सो रकमसमेत गरी एक करोड ६६ लाख ७२ हजार छ सय रूपैयाँ भष्ट्राचार गरेको ठहरिएको छ । न्यू पाथिभरा सप्लायर्सका प्रोपाइटर मिराकुमारी श्रेष्ठलाई बिगो रकम एक करोड ६६ लाख ७२ हजार छ सय रूपैयाँ कायम गरी कानुनबमोजिम सजाय गरी उक्त बिगो जफत हुन मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौंमा अख्तियारले मुद्दा दायर गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x