Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजार परिसुचक १९ सय ५६ बिन्दुमा

सेयर बजार परिसुचक १९ सय ५६ बिन्दुमा


काठमाडौ । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन सेयर बजार परिसुचक ९४ दशमलव ९२ अंकले उकालो लागेर १९ सय ५ दशमलव ९८ बिन्दुमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १७ दशमलव ९३ अंकले उकालो लागेर तीन सय ८२ दशमलव ८४ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३० वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ४४ हजार तीन सय ४१ पटकको कारोबारमा ६३ लाख ६३ हजार पाँच सय ९० कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल सेयर कारोबार रकम दुई अर्ब १९ करोड ६१ लाख ४१ हजार आठ सय ४९ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x