Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१२ सय मेगावाटको बूढीगण्डकी आयोजना कम्पनी मोडलमा बन्ने

१२ सय मेगावाटको बूढीगण्डकी आयोजना कम्पनी मोडलमा बन्ने


काठमाडौं । सरकारले १२ सय मेगावाटको बहुप्रतीक्षित बूढीगण्डकी जलविद्युत् आयोजना आफैँले बनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कम्पनी बनाएर आयोजना निर्माण अघि बढाउने निर्णय गरेको हो ।

बैठकले यसका लागि कम्पनी खोल्न अनुमति दिने निर्णय गरेको छ । योसँगै पटक–पटक गिजोलिएको आयोजना अब भने अघि बढ्ने अपेक्षा गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कम्पनी मोडलको प्रस्ताव बैठकमा पेस गरेकी थिइन् । उनको प्रस्तावलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो ।

यसअनुसार ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् उत्पादन कम्पनी, स्थानीय र सर्वसाधारणको लगानीमा आयोजना बन्नेछ । प्रस्तावित कम्पनीको अधिकृत पुँजी ६० अर्ब रुपैयाँ रहनेछ भने तत्काल जारी पुँजी २० अर्ब रुपैयाँ हुनेछ । यसमा संस्थापकहरुले १० अर्ब रुपैयाँ पुँजी चुक्ता गर्न कबोल गर्नुपर्ने ऊर्जा मन्त्रालय स्रोतले जानकारी दियो । यो कम्पनीमा ऊर्जा मन्त्रालयको ४० प्रतिशत, अर्थ मन्त्रालयको २५ प्रतिशत, विद्युत् प्राधिकरणको १४ प्रतिशत, प्रस्तावित कम्पनीको १ प्रतिशत, स्थानीयको १० प्रतिशत र सर्वसाधारणको १० प्रतिशत रकम लगानी हुनेछ ।

यो भनेको क्रमशः तत्तत् निकायको २४ अर्ब, १५ अर्ब, झण्डै साढे आठ अर्ब, ६० करोड र ६÷६ अर्ब लगानी रकम हो । यसअघि चिनियाँ कम्पनी गेजुवाले बूढीगण्डकी आयोजना निर्माण गर्ने अवसर पाएको थियो । तर कम्पनीले लाइसेन्स मात्रै होल्ड गरेर बसेपछि २०७८ चैत २४ मा बसेको मन्त्रिपरिषद्को बैठकले आयोजना खोस्ने निर्णय गरेको थियो । चार वर्षसम्म पनि काम अघि नबढाएपछि सरकार अहिले आफैँले बनाउने अवस्थामा पुगेको हो । यो महत्वाकांक्षी आयोजनाको सफलता राष्ट्रिय अर्थतन्त्रसँग लाभदायी हुने भएकाले पनि बहुप्रतीक्षित मानिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x