बैंकस्तरीय कारोबार बढ्यो
६१ वटा संस्थाले १० महिनामा गरे २७ खर्ब ३९ अर्ब रुपैयाँको अन्तरबैंक कारोबार
काठमाडौं । बैंकिङ क्षेत्रमा अन्तरबैंक कारोबार रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका कुल ६१ वटा संस्थाहरुले २७ खर्ब ३९ अर्ब ८७ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका छन् ।
चालू आवको १० महिनामा वाणिज्य बैंकहरुको मात्र २४ खर्ब ५४ अर्ब ७८ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को दुई खर्ब ८५ अर्ब ९ करोड गरी कुल २७ खर्ब ३९ अर्ब ८७ करोडको अन्तर–बैंक कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो पटकको अन्तर बैंक कारोबार रकम गत आवको सोही अवधिको तुलनामा झण्डै दोब्बरले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा भने वाणिज्य बैंकहरुको ११ खर्ब ५६ अर्ब र अन्य वित्तीय संस्थाहरुको एक खर्ब ६४ अर्ब ९६ करोड गरी कुल १३ खर्ब २० अर्ब ९७ करोड अन्तर बैंक कारोबार भएको थियो ।
चालू आवको पछिल्लो १० महिनामा अन्तर बैंक कारोबार बढेकै आधारमा ब्याजदरमा दबाब देखिएको छ । जसअनुसार २०७८ वैशाखमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर दुई दशमलव २८ प्रतिशत रहेकोमा २०७९ वैशाखमा आठ दशमलव ३० प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७८ वैशाखमा चार दशमलव १२ प्रतिशत रहेकोमा २०७९ वैशाखमा छ दशमलव ९९ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर कारोबारको भारित औसत ब्याजदर २०७९ वैशाखमा सात प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो ब्याजदर चार दशमलव १२ प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत आधार दर २०७८ वैशाखमा छ दशमलव ८३ प्रतिशत रहेकोमा २०७९ वैशाखमा नौ दशमलव ३० प्रतिशत कायम भएको छ । २०७९ वैशाखमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर सात दशमलव २५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११ दशमलव ४२ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः चार दशमलव ८१ प्रतिशत र आठ दशमलव ५३ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया