Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकरोड जरिवाना तोकिएका घिसिङ पक्राउ

करोड जरिवाना तोकिएका घिसिङ पक्राउ


काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एक करोड दुई लाख रुपैयाँ जरिवाना तोकिएका बैंकिङ कसुर मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार फरार प्रतिवादी बिनोद लामा भन्ने ४३ वर्षीय विनोद घिसिङलाई मंगलबार काठमाडौंको जोरपाटीबाट पक्राउ गरिएको हो ।

रामेछाप जिल्लाको सुनपाती गाउँपालिका ४ स्थायी घर भई हाल जिल्ला काठमाडौं गोकर्णेश्वर नगरपालिका ६ जोरपाटी बस्ने घिसिङले मेगा बैंकको बौद्ध शाखामा रहेको आफ्नो खाताहरुबाट रकम भुक्तान हुने भनी उक्त बैंक खाताहरुमा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी चेक दिएका थिए ।

उक्त चेकको रकम भुक्तान हुन नसकेको ठहर उच्च अदालत पाटनले गरेको र सोहीअनुसार बैंकिङ कसुरका तीन थान मुद्दाहरुमा वि.सं. २०७८ पुस २७ गते फैसला गर्दै प्रतिवादी घिसिङलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा जम्मा २१ दिन कैद र एक करोड दुई लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको थियो ।

सो पश्चात् फरार भएका घिसिङलाई सीआईबीको टोलीले मंगलबार काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं.६ जोरपाटीबाट पक्राउ गरेको हो । पक्राउ परेका घिसिङलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उनले जानकारी दिए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x