Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेपछि सतर्कता अपनाउन आग्रह गरेको छ । गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखालाजस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डां समीरकुमार अधिकारीले प्रदूषित खानेपानीले हैजा देखिएकाले खानेपानी शुद्धीकरण गरेर र उमालेर खान मात्र आग्रह गरे । अहिलेसम्म १२ जनामा हैजा देखिएको छ । दूषित खानेपानी कारणले हैजा देखिएको मन्त्रालयको भनाइ छ ।

यस्तै झाडापखालाबाट बच्न चर्पीमा मात्र दिसापिसाब गर्ने, दिसापिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात धुने, खाना बनाउने, खुवाउने र खाना खानुअघि साबुनपानीले मिचिमिची हात धुने, पानी उमालेर वा फिल्टर गरेर पिउने वा एक लिटर पानीमा तीन थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने गर्न आग्रह गरिएको छ । यस्तै बासी, सडेगलेको झिँगा भन्केको खानेकुरा नखान र खानेपानीको मुहान सफा र सुरक्षित राख्न पनि आग्रह गरिएको छ ।

पेट दुख्ने, बान्ता हुने, असाध्यै तिर्खा लाग्ने, पातलो दिसा हुनेजस्ता लक्षण झाडापखलाको रहेको भन्दै मन्त्रालयले नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि जान आग्रह गरेको छ । यस्तै खान पिउन समेत नसक्ने गरी बिरामी भएमा, दिसामा रगत देखा परेमा, बारम्बार वान्ता भइरहेमा, ज्वरो आएमा र धेरै पटक पातलो दिसा गरेमा पनि अस्पताल लैजान भनिएको छ ।

यस्तै झाडापखलाको उपचार घरैमा गर्न सकिने मन्त्रालयले जनाएको छ । यदि झाडापखला भएमा झाडापखला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक–पटक खुवाउने, प्रशस्त मात्रामा सफा तथा झोल कुरा पटक–पटक खाने, नरम तथा सजिलै पच्ने खानेकुरा थोरै थोरै गरी पटक–पटक खुवाइरहने गर्नुपर्दछ । यस्तो बेलामा स्वास्थ्यकर्मीले सिफारिस गरेअनुसार जिंक चक्कीको मात्रा नविराइकन खुवाउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खाने गर्नुपर्दछ ।

काठमाडौँ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले बागबजार र डिल्लीबजारको खानेपानी प्रदूषित भएको पाएको बताए । उनले ती ठाउँका पानीमा मानिसको दिसामा पाइने जिवाणु ‘इकोलाई’ पाइनुका साथै कोलिफर्मसमेत रहेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x