Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलुम्बिनी प्रदेशको औद्योगिक कर्जामा १४ प्रतिशतले वृद्धि

लुम्बिनी प्रदेशको औद्योगिक कर्जामा १४ प्रतिशतले वृद्धि


काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुले लुम्बिनी प्रदेशमा औद्योगिक कर्जा बढाएका छन् । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनअन्तर्गत लुम्बिनी प्रदेशको अर्धवार्षिक प्रतिवेदनअनुसार उक्त प्रदेशभित्र पर्ने १२ वटा जिल्लामा प्रवाह भएको औद्योगिक कर्जा १४ दशमलव आठ प्रतिशतले बढेर एक खर्र्ब ३० अर्ब ३२ करोड ५६ लाख पुगेको छ ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा कुल औद्योगिक कर्जामध्ये खानीसम्बन्धी उद्योगमा ३४ दशमलव २२ प्रतिशतले बढेको छ भने कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा ३८ दशमलव ८८ प्रतिशतले बढेको छ । यसैगरी गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा २१ दशमलव शून्य पाँच प्रतिशत र धातुका उत्पादन मेसिनरी तथा इलेक्ट्रोनिक्ससम्बन्धी उद्योगमा २१ दशमलव ४४ प्रतिशतले कर्जा बढ्दा निर्माणसम्बन्धी उद्योगमा १४ दशमलव ८४ प्रतिशत र विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा पाँच दशमलव ४२ प्रतिशतले कमी आएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुवाट प्राप्त तथ्यांकअनुसार चालू आर्थिक वर्षको छ महिनामा प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कृषि कर्जा गत अवधिको तुलनामा २६ दशमलव १५ प्रतिशतले वृद्धि भई ४७ अर्ब ४६ करोड दुई लाख रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो कर्जा २५ दशमलव ५९ प्रतिशतले वृद्धि भएको थियो । यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले कुल कर्जाको आठ दशमलव ८३ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार लुम्बिनी प्रदेशमा कृषि क्षेत्रमा प्रवाहित कर्जामा जिल्लागत हिस्सा हेर्दा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै ३७ दशमलव ९१ प्रतिशत छ भने रुकुमपूर्व जिल्लाको हिस्सा सबैभन्दा कम शून्य दशमलव शून्य आठ प्रतिशत मात्र रहेको छ ।

यसैगरी, कुल कृषि कर्जामा दाङको १६ दशमलव २२ प्रतिशत, बाँकेको १३ दशमलव ४६ प्रतिशत, कपिलवस्तुको नौ दशमलव ७४ प्रतिशत, नवलपरासी पश्चिमको आठ दशमलव ७९ प्रतिशत, बर्दियाको छ दशमलव १५ प्रतिशत, पाल्पाको दुई दशमलव ७३ प्रतिशत, प्यूठानको एक दशमलव ८० प्रतिशत, गुल्मीको एक दशमलव ३० प्रतिशत, रोल्पाको एक दशमलव शून्य पाँच प्रतिशत हिस्सा रहेको छ । चालू आवको छ महिनामा कुल कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये कृषि र वनसम्बन्धी शीर्षकमा प्रवाहित कर्जा २५ दशमलव ५० प्रतिशतले वृद्धि भई ४५ अर्ब ४९ करोड ५० लाख पुगेको छ भने माछापालनसम्बन्धी शीर्षकमा ३१ दशमलव ३८ प्रतिशतले वृद्धि भई एक अर्ब ७९ करोड ८० लाख पुगेको छ ।

यसैगरी कुल कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये सुर्तीमा दुई सय २४ दशमलव ६० प्रतिशत, सनपाटमा एक सय ५९ दशमलव ६५ प्रतिशत, फलफूल तथा पुष्पखेतीमा एक सय ३० दशमलव ५२ प्रतिशत, अन्न बालीमा एक सय २२ दशमलव ३३ प्रतिशत, मौरीपालनमा एक सय दुई दशमलव नौ प्रतिशत, तरकारी बालीमा ३२ दशमलव ३१ प्रतिशत, पक्षीपालनमा २८ दशमलव ३४, प्रतिशत, पशुपालन/पशु वधशालामा २६ दशमलव नौ प्रतिशत र अन्य नगदेबालीमा १० दशमलव ५० प्रतिशतले वृद्धि भएको छ भने र सिँचाइ शीर्षकमा ८३ दशमलव ४३ प्रतिशत, शीतभण्डारणमा ३४ दशमलव ५० प्रतिशत, मलखाद तथा किटनाशकमा १६ दशमलव ४१ प्रतिशत, अन्य कृषि तथा कृषिजन्य सेवामा छ दशमलव ६६ प्रतिशतले घटेको राष्ट्र बैंकको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x