काठमाडौं । नेपाल वायुसेवा निगमले शुक्रबार आफ्नो ६४औँ वार्षिकोत्सव मनाएको छ । केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी निगमले वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा निगमका महाप्रबन्धक वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनले निगमका अगाडि प्रशस्त चुनौतीहरु रहेको उल्लेख गर्दै यसलाई सामूहिक प्रयासको माध्यमले सफलतातिर लाने बताए । उनले नयाँ काम थाल्नुभन्दा पहिलो चरणमा पुराना योजना पूरा गर्नेतिर निगमले प्रयास थालेको बताए ।
निगममा आर्थिक सुशासन र बजारमा आफ्नो दरिलो उपस्थिति प्रदर्शन गर्न निगम सक्रिय रहने उनको भनाइ थियो । यस्तै उनले संस्थामा आन्तरिक सुधार गर्दै अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठा बढाउनेतर्फ निगमको प्रयास रहने बताए । निगमले वार्षिकोत्सवको उपलक्ष्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठबाट नयाँ वेबसाइट समेत प्रारम्भ गरेको छ । यसमार्फत निगमको अनलाइन टिकट बुकिङ गर्न सजिलो हुनेछ । अनलाइन बुकिङको प्लेटफर्म मैत्री सिस्टमले एक महिनाभित्र नै यात्रुहरुले घरमै बसी टिकट काट्ने सुविधा प्राप्त गर्नेछन् । निगमको नयाँ वेबसाइटमा च्याटबक्सको पनि सुविधा छ । वेबसाइटमा रहेको उडान तालिकाबाट यात्रु तथा सरोकारवालाहरुले विविध उडान सूचना, गन्तव्य तथा अन्य जानकारी प्राप्त गर्न सक्नेछन् ।
साथै आगामी दिनहरुमा निगमले अन्तर्राष्ट्रिय उडानको बुकिङसहितको मोबाइल एप, लोयल्टी मेनेजेमेन्ट सिस्टमको सुविधा पनि थप गर्ने भएको छ । यो वेबसाइटमार्फत निगमको फेसबुक, ट्वीटर, युटुयुब र इन्स्टाग्राममा जोडिन सक्ने सुविधा रहेको छ । कार्यक्रममा वाणिज्य विभागका निर्देशक जनकराज कालाखेतीले प्रशासनिक सुधार, प्रविधिमैत्री, सेवामा सबलीकरण र विमान थप्ने सोचका साथ निगम अगाडि बढनुपर्ने बताए । उक्त अवसरमा निगमको प्रतीकको रुपमा मानिँदै आएको आकाश भैरवको पूजा पनि गरिएको थियो । यस्तै वार्षिकोत्सवको उपलक्ष्यमा असार १६ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त अवसरमा एक सय ५४ जनाले रक्तदान गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया