सरकारले स्वदेशी उद्योग धराशायी बनाउने नीति लिएको महासंघको निष्कर्ष
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को चौथो साधरणसभाले औद्योगिक कच्चापदार्थमा भएको सरकारको वर्तमान नीतिले स्वदेशी सेनेटरी प्याड, वायर उद्योग, वनस्पती तेललगायतका स्वदेशी उद्योगहरु धराशायी हुने ठहर गरेको छ । यदि समयमा नै सरकारले आफ्नो नीति परिवर्तन नगरेमा प्रदेश १ को मेरुदण्डका रुपमा रहेको सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगहरु ध्वस्त हुने महासंघले चेतावनी दिएको छ ।
विराटनगरमा सम्पन्न उक्त साधरणसभाले कतिपय तयारी वस्तुमा भन्सार दर बढाए पनि स्वदेशी उद्योगले प्रयोग गर्ने कच्चापदार्थमा पनि भन्सार दर बढाइएकोमा यसमा संशोधन गर्न पहल गर्ने निर्णय पनि गरेको छ । साधारणसभाबाट विभिन्न १५ बुँदे प्रस्ताव पारित गरिएको छ । यस्तै महासंघले मौद्रिक नीति कसिलो हुनुपर्ने भन्दै बैंकको तरलताबाट सिर्जित औद्योगिक व्यवसायीहरुको समस्या निराकरण गर्न उत्पादनशील क्षेत्रमा प्रवाह हुने कर्जा र अन्य क्षेत्रमा प्रवाह हुने कर्जा ब्याजदर फरक गरी उत्पादनशील क्षेत्रमा प्रवाह हुने कर्जालाई एकल अंकमा नबढ्ने गरी कायम गर्नुपर्ने जनाएको छ । प्रदेश १ को राजधानी विराटनगरमा प्रादेशिक औद्योगिक प्रदर्शनी, विशेष आर्थिक क्षेत्र स्थापनाको सरकारी योजना कार्यान्वयन गर्नुपर्ने प्रस्ताव पनि महासंघ प्रदेश १ को साधारणसभाले गरेको छ ।
महासंघले विराटनगर विमानस्थलको स्तरोन्नतिको कामलाई अगाडि बढाउन आवश्यक बजेट विनियोजन गर्नुपर्ने भन्दै प्रदेशस्तरीय राजस्व न्याधीकरणको कार्यालय स्थापनाका लागि पहल गर्ने पनि जनाएको छ । आगामी २०७९ फागुनभित्र प्रादेशिक व्यापार मेलाको आयोजना गर्नेदेखि यस प्रदेशबाट अलैँची, चिया, सुपारी, अदुवा, अम्लिसो, जडीबुटीहरु विदेश निर्यातको प्रवद्र्धनका लागि पूर्वाधार विकासका साथै आधुनिक कृषि उपकरणहरुको विकास लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय पनि महासंघले गरेको छ । महासंघको चौथो साधारणसभाले विभिन्न पर्यटकीयस्थल, धार्मिकस्थलको विकासमा पनि जोड दिँदै त्यसको विकासका लागि संघीय सरकारदेखि प्रदेश सरकारलाई अनुरोध समेत गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया