एमसीसी संसद्बाट चाँडै अनुमोदन हुन्छ : अर्थमन्त्री खतिवडा
काठमाडौं, फागुन ९
अर्थमन्त्री डा. युवराज खतिवडाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाको सम्झौता नेपालको संघीय संसद्ले चाँडै नै अनुमोदन गर्ने जानकारी दिएका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेका अमेरिकी कंग्रेसका सदस्यद्वय जर्ज होल्डिगं र अमी बेरासँगको भेटमा अर्थमन्त्री खतिवडाले सो जानकारी गराएका हुन् ।
एमसीसी मार्फत प्राप्त हुने अनुदान नेपाललाई आवश्यक रहेको विषयमा सबै पक्ष सहमत भैसकेको भन्दै अर्थमन्त्री खतिवडाले त्यसलाई नेपालको संसद्ले अनुमोदन गर्ने र कामहरु धमाधम सुरु हुने जानकारी गराएका थिए । अमेरिकी कंग्रेसका सदस्यद्वयले अर्थमन्त्री खतिवडा समक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालको विकासले अमेरिकाको निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुन गएको बताएको अर्थ मन्त्रालयले जारी विज्ञप्तिमा जनाइएको छ ।
अर्थमन्त्री खतिवडाले संविधानले व्यवस्था गरेका मौलिक हकको कार्यान्वयन गर्दै संघीय प्रणालीमा नागरिकले प्राप्त गर्ने अधिकार र सेवालाई गुणस्तरीय, दक्ष, प्रभावकारी र प्रविधि मैत्री बनाउन काम भैरहेको उल्लेख गर्दै यसमा थप सहयोग आवश्यक भएको बताएका थिए ।
भेटमा अर्थमन्त्रीले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा पनि जानकारी गराएका थिए । अर्थमन्त्रीले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै विश्वका धेरै जनसंख्या भएका चीन र भारत जस्ता मुलुकहरु छिमेकी भएकोले यहाँ उत्पादन भएका बस्तुको बजारका लागि समस्या नहुने बताएका थिए । अर्थमन्त्रीले नेपाल अमेरिका बीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा निरन्तर रुपमा गर्दै आएको सहयोगको लागि धन्यवाद दिएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया