सरकारको लागि राष्ट्र बैंकले उठायो दुई खर्ब ३१ अर्ब रुपैयाँ आन्तरिक ऋण
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा दुई खर्ब ३१ अर्ब ३० करोड ३० लाख रुपैयाँबराबरको आन्तरिक ऋण उठाएको छ । राष्ट्र बैंकका अनुसार यही असार मसान्तसम्ममा अल्पकालीन तथा दीर्घकालीन प्रकृतिका ट्रेजरी बिलहरु, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्रलगायतका मौंद्रिक उपकरहरु बिक्री गरेर सरकारको लागि उक्त परिमाणमा आन्तरिक ऋण उठाइएको हो ।
सरकारको लागि उठाइएको कुल आन्तरिक ऋणको लागि चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा छ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरिएको हो । ‘यो भने कुल आन्तरिक ऋणको दुई दशमलव छ प्रतिशत हिस्सा हो’, राष्ट्र बैंकले भनेको छ । चालू आवको तेस्रो त्रैमासिकमा भने कुल आन्तरिक ऋणको ४३ प्रतिशत ऋण उठाइएको छ । यसअन्तर्गत ४४ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल, ५४ अर्ब ५० करोड रुपैयाँबराबरको विकास ऋणपत्र र ९६ करोड ९३ लाख ४० हजार रुपैयाँ नागरिक बचतपत्र पाँच वर्षे समेत गरी कुल ९९ अर्ब ४६ करोड ९३ लाख ४० हजार रुपैयाँबराबरको आन्तरिक ऋण उठाइएको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको चौंथो त्रैमासिकमा भने कुल आन्तरिक ऋणको ५४ दशमलव ४० प्रतिशत अर्थात् एक खर्ब २५ अर्ब ८३ करोड ३६ लाख ६० हजार रुपैयाँबराबरको आन्तरिक ऋण उठाइएको छ । यसको लागि राष्ट्र बैंकले ९३ अर्ब ९१ करोड ६६ लाख रुपैयाँबराबरको ट्रेजरी बिल, ७० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, एक अर्ब ८६ करोड चार लाख रुपैयाँबराबरको नागरिक बचतपत्र पाँच वर्षे र ५६ करोड ७० लाख रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिएको छ । यसरी आन्तरिक ऋण उठाउनको लागि अल्पकालीन तथा दीर्घकालीन प्रकृतिका ट्रेजरी बिलहरुमध्ये २८ दिने, ९१ दिने, एक सय ८२ दिने र तीन सय ६४ दिने अवधिको ट्रेजरी बिलहरु बिक्री गरिएको छ ।
यसैगरी विकास ऋणपत्र अन्तर्गत भने दुई वर्षे, चार वर्षे, पाँच वर्षे र छ वर्षे अवधिको विकास ऋणपत्रहरु बिक्री गरिएको राष्ट्र बैंकको भनाइ छ । नागरिक बचतपत्रअन्तर्गत भने पाँच वर्षे अवधिको दुई अर्ब ८२ करोड ९८ लाख रुपैयाँबराबरको बचतपत्र बिक्री गरिएको छ । पाँच वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्रअन्तर्गत भने ५६ करोड ६० लाख रुपैयाँबराबरको बचतपत्र बिक्री गरिएको राष्ट्र बैंकको भनेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एनआईसी एसिया क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम
- मेची–महाकाली ‘युवा संकल्प यात्रा’ सञ्चालन गरिने
- तिहारमा देशभरबाट जुवातास खेल्ने एक सय २९ जना पक्राउ
- एक वर्षदेखि टिनको टहरामा भूकम्पपीडित
- चिलिमे–त्रिशुली प्रसारण लाइन निर्माण सम्पन्न
- आजदेखि छठ पर्व विधिपूर्वक सुरु
- प्लास्टिक निरुत्साहित गर्न बायोप्लान्ट उद्योग सञ्चालन
- कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया