Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई हजार ३० अंकमा खुम्चियो सेयर बजार

दुई हजार ३० अंकमा खुम्चियो सेयर बजार


काठमाडौ । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन आठ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन ४६ दशमलव आठ अंकले ओरालो लागेर दुई हजार ३० दशमलव ५९ बिन्दुमा खुम्चिएको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन आठ दशमलव ७१ अंकले ओरालो लागेर तीन सय ८७ दशमलव २३ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत ४९ हजार चार सय १६ पटक सेयर किनबेच भएको छ । जसबाट ८६ लाख १३ हाजार चार सय ८९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ९६ करोड ८४ लाख ८५ हजार दुई सय २४ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x