पर्सा । सहरी विकास तथा भवन कार्यालय पर्साका सबइन्जिनियर रूपेशकुमार दुवेलार्ई प्रहरीले एक लाख ७० हजार घुससहित पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१० स्थित भवन कार्यालयमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले दुवेलाई मंगलबार पक्राउ गरेको हो ।
सबडिभिजन वन कार्यालय वसन्तपुर र सबडिभिजन वन कार्यालय मनवामा १७ लाखको लागतमा निर्माण भएको तीन-तीन कोठे भवनको मूल्यांकन गरिदिने बहानामा ठेक्दारबाट रकम लिँदै गरेको अवस्थामा दुवे पक्राउ परेको वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक विकास मल्लले जानकारी दिए ।
पक्राउ परेका दुवेलाई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बिर्तामा राखिएको छ । मूल्यांकनको १० प्रतिशत रकम दिएपछि मात्र काम गर्ने भन्दै आएका दुवेलाई स्थानीय प्रशासनको सहयोगमा पक्राउ गरिएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फुडमान्डुको ‘बडा धमाका’ क्याम्पेन
- बीमा कम्पनीमा एनएफआरएस–१७ कार्यान्वयनमा ल्याइने
- वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको ताकेता
- नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा छुट
- गरिमा क्यापिटलद्वारा बम्पर दशैँ योजना
- साहस ऊर्जाले लाभांश वितरण गर्ने
- खुम्चियो आत्मनिर्भर लघुवित्तको खुद नाफा
- महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया