Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रहरीकै अगाडि दलाई लामाको जन्मोत्सवको नाममा चीनविरोधी जमघट

प्रहरीकै अगाडि दलाई लामाको जन्मोत्सवको नाममा चीनविरोधी जमघट


काठमाडौं । जावखेलस्थित तिब्बती शरणार्थी क्याम्पमा बुधबार ऐतिहासिकरूपमा निर्वासित तिब्बती धर्मगुरु दलाई लामाको ८७औँ जन्मोत्सव धुमधामसँग मनाइएको थाहा भएको छ ।

दलाई लामाको जन्मोत्सवको कार्यक्रमलाई भव्य बनाउन उक्त कार्यक्रममा अमेरिकी दूतावासका कन्सुलरदेखि युरोपेली युनियनकी राजदूतसम्म सहभागी भएका थिए ।

उक्त कार्यक्रममा अमेरिकी दूतावासका सहायक राजदूत म्यानुअल पी माइकलर, युरेपेली युनियनकी राजदूत नोन डेप्रेज, जपानी दूतावासका सचिव योसिनो योमिकोलगायतका विदेशी दूतावासका अधिकारीहरूको उपस्थिति रहेको थियो । उनीहरूलाई उक्त शरणार्थी क्याम्पका प्रमुख तासी छेतेनलगायतका तिब्बती शरणार्थीहरूले स्वागत गरेका थिए । उक्त कार्यक्रममा एक हजार जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

यसअघि नेपालमा यसरी खुलमखुलारूपमा दलाई लामाको जन्मोत्सव मनाउन र तिब्बती शरणार्थीसम्बन्धी कार्यक्रम गर्न रोक लगाइएको थियो । अहिले पनि त्यो प्रतिबन्धात्मक अवस्था यथावत नै रहेको छ । सरकारले एक चीनको नीति परिवर्तन गरेको छैन तर पनि यस वर्ष ती नियम, कानुन र परम्परालाई तोडेर दलाई लामाको जन्मोत्सव तिब्बती शरणार्थीहरूले हर्षोल्लासपूर्वक मनाएका छन् ।

खासगरी सरकारले एमसीसी परियोजना स्वीकारेपछि नेपालमा अमेरिकी गतिविधि बढेको छ र त्यसमा पनि अमेरिकी गतिविधि खासगरी तिब्बती शरणार्थीसँग जोडिएर हुनेगरेको छ । यसअघि अमेरिकी सेनाका जर्नेल चाल्र्स ए फ्लिन नेपाल आउँदा पनि बौद्धमा तिब्बती शरणार्थीहरूले आयोजना गरेको कार्यक्रममा सहभागिता जनाएका थिए भने त्यसअघि आएकी अमेरिकी उपमन्त्री उज्रा जेयाले खुलेआमरूपमा तिब्बती शरणार्थीहरूसँग भेटघाट र अन्तरक्रिया गरेकी थिइन् ।

त्यसअघि नेपाल आएका अमेरिकी सांसदको छ सदस्यीय टोलीले पनि तिब्बती शरणार्थीहरूसँग खुलेआम भेटवार्ता गरेका थिए । सांसद्को टोली आउनुअघि अमेरिकी उपसहायक मन्त्रीले पनि तिब्बती शरणार्थीहरूसँग त्यसैगरी भेटेका थिए ।

नेपालमा एमसीसी परियोजना कार्यान्वयन सुरु भएको अमेरिकी गतिविधि तिब्बती शरणार्थीहरूलाई प्रमोसन गर्ने विषयमा बढी केन्द्रित हुँदै गएको छ र त्यसको निरन्तरताको रूपमा बुधबार ६ जुलाईमा दलाइ लामाको जन्मोत्सव मनाइएको छ ।

यसअघि चार जना तिब्बती शरणार्थी सँगै हिँड्दा पनि प्रहरीले पक्राउ गर्ने गर्दथ्यो तर बुधबार जिल्ला प्रहरी परिसर ललितपुरको आँगनकै छेउमा रहेको तिब्बती शरणार्थी क्याम्पमा चीनबाहेकका सारा विदेशी प्रतिनिधिहरू जम्मा भएर दलाई लामाको जन्मोत्सव मनाउँदा पनि यज्ञ विनोद पोख्रेलले देखेको नदेख्यै गरेर बसेका छन् । तिब्बती क्याम्पमा नाचगानलगायत कार्यक्रम भव्यरूपमा भइरहँदा ललितपुरका प्रहरी केही नभएजस्तो गरी रल्लिएर बाहिरी पहरा दिइरहेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x