Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआर्थिक दैनिकले दिएको जाहेरी ललितपुर प्रहरीले दर्ता गरेन

आर्थिक दैनिकले दिएको जाहेरी ललितपुर प्रहरीले दर्ता गरेन


काठमाडौं । गत आइतबार रातको करिब ९ बजे ललितपुरको कुपण्डोलमा रहेको आर्थिक दैनिकको कार्यालयमा एक व्यक्ति प्रवेश गरी समाचार कक्षमा कार्यरत पत्रकार तथा कर्मचारीहरुलाई गरेको कुटपिट तथा गालीगलौजको विषयमा कारबाहीको माग गर्दै आर्थिक दैनिकले ललितपुर प्रहरीमा दिएको जाहेरी प्रहरीले दर्ता नै नगरिराखेको छ ।

देशमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने महत्वपूर्ण जिम्मेवारी पाएको नेपाल प्रहरीलाई अन्याय भयो छानबिन गरी दोषीलाई कारबाही गर्नुप-यो भनी दिएको निवेदन नै दर्ता नगर्नु आश्चर्यपूर्ण छ । यतिबेला ललितपुर प्रहरीको नेतृत्वमा रहेका एसएसपी यज्ञ विनोद पोखरेलले आर्थिक दैनिकले गत मंगलबार सत्यतथ्य छानबिनको माग गर्दैै दिएको जाहेरी दर्ता नै नगरी राखेका छन् ।

आफ्नो जाहेरी दर्ता नभएको विषयमा एसएसपी पोखरेललाई सोध्दा उनले प्रक्रियामा रहेको र जाहेरी दर्ता भएपछि खबर गरिने बताए । छानबिनको माग राखी दिएको एउटा जिम्मेवार मिडियाको जाहेरी नै दुई दिन बित्दा समेत दर्ता नगर्ने नेपाल प्रहरीले आम सर्वसाधारण नागरिकलाई कसरी सेवा दिएको होला भन्ने विषयमा ठूलो प्रश्न खडा भएको छ ।

गत आइतबार राति करिब ९ बजे आफूलाई डीएसपीको दाई बताउँदै आर्थिक दैनिकको कार्यालयमा प्रवेश गरेका महेश खड्कालाई सो समयमा कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई हातपातको साथै गालीगलौज गरेपछि नेपाल प्रहरीको १०० मा फोन गरी सहयोग मागिएको थियो ।

सहयोग मागेको २० मिनेटपछि मात्र घटनास्थलमा आएको नेपाल प्रहरीका कर्मचारीहरुले उनलाई सडकमा लगेलगत्तै शंकास्पद रुपमा तत्कालै उनलाई स्कुटर आएर लगेर गएको थियो भने घटना योजनाबद्ध रहेको आशंकामा आर्थिक दैनिकले छानबिनको माग गरिरहेको छ तर ललितपुर प्रहरी प्रमुख यज्ञ विनोद पोखरेल भने यसलाई छानबिन नगर्ने संकेत दिँदै आएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x