सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन कानुन कार्यान्वयन मुख्य समस्या
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन प्रशस्त कानुनहरू भए पनि त्यसको कार्यान्वयनमा मुख्य समस्या रहेको बताएकी छिन् । सहकारी विभागले तयार पारिरहेको सहकारीको दशवर्षे सोचपत्र र सहकारी कर्जा सूचना केन्द्रसम्बन्धी सरोकारवालहरूसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले सहकारीसम्बन्धी भएका व्यवस्थाहरूलाई समयानुकूल सुधार गर्दै प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइन् ।
सहकारी क्षेत्रको व्यवस्थापनका लागि नियामक निकाय थप्नेभन्दा पनि हाल रहेका संरचनाहरूलाई पुनर्संरचना गरी सशक्त बनाउने र कमजोरी हटाउनेतर्फ कार्यदिशा निर्दिष्ट हुनुपर्ने उनको भनाइ थियो । विभागले तयार पारिरहेको सोचपत्र र सहकारी कर्जा सूचना केन्द्र निर्माण गर्न ढिला भइसकेको भन्दै सबैको सुझाव समेटेर छिटोभन्दा छिटो अन्तिम रूप दिन मन्त्री श्रेष्ठले आग्रह गरिन् ।
कार्यक्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सहकारी क्षेत्रको सुधारका लागि आएको दशवर्षे सोचपत्रमा छलफलमा आएका विषय समेटेर अझै समृद्ध बनाएर अघि बढाउनुपर्ने बताए । राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले सदस्यहरूको उद्यमशीलता विकास गरी गरिबी निवारण गर्ने उद्देश्य राखेर सहकारीका कार्यक्रमहरू बनाउनुपर्ने बताए । सहकारी विभागका रजिष्टार रुद्रप्रसाद पण्डितले अवधारणापत्रको प्रारम्भिक मस्यौदा तयार पारेको र सबैको सुझाव समेटेर यसलाई समृद्ध बनाउने प्रतिबद्धता जनाए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- थप १० दिन लामिछानेसहित चार जना हिरासतमा
- आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ
- तिहारको लामो बिदा पछिको शेयरबजार
- निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार, ६ जना पक्राउ
- पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह
- घट्यो सुनको मुल्य
- एक हजार तीन सय किलो गाँजा बरामद
- अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चीन जाने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया