नेपाली सेनाद्वारा बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङअन्तर्गत १८ किमि सडकखण्ड हस्तान्तरण
काठमाडौं । नेपाली सेनाद्वारा निर्मित बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ अन्तर्गत १८ किलो मिटर सडकखण्ड हस्तान्तरण गरेको छ । सेनाद्वारा निर्माणाधीन गोरखा जिल्लास्थित बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनाअन्तर्गत धार्चे गाउँपालिका वडा नं. ७ हावाडाँडादेखि सोही गाउँपालिका वडा नं. ३ स्थित दोभानसम्मको १८ किमि सडकखण्डको ट्र्याक निर्माणकार्य सम्पन्न गरी सोमबार सडक विभागलाई हस्तान्तरण गरेको हो । सेनाका बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी विनोद भट्टले सडक विभागअन्तर्गत ११ किलो छेपेटार–भालुस्वाँरा–वारपाक सडक योजना, गोरखाका प्रमुख सीडीई पशुपति ज्ञवालीलाई हस्तान्तरण गरेका हुन् ।
२०७३ मंसिर २६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट भौगोलिक विकटता, मौसमी प्रतिकूलता, कडा चट्टानयुक्त भू–बनोट आदिका कारण उक्त सडकखण्डको ट्र्याक खोल्ने कार्यको जिम्मेवारी नेपाली सेनालाई प्राप्त भएको थियो । सेनाले २०७४ वैशाख ११ गतेबाट ट्र्याक खोल्ने कार्य सुरु गरिएको थियो । उक्त सडकखण्डको निर्माणपश्चात् गोरखा जिल्लाको विकट उत्तरी हिमाली क्षेत्रमा पर्ने धार्चे गाउँपालिका तथा चुनमुब्री गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालमा जोड्नुका साथै उक्त सडकले समग्र उत्तरी गोरखा जिल्लाको विकासमा महत्वपूर्ण योगदान पु-याउने विश्वास नेपाली सेनाले लिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया