Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअध्यक्ष दाहालसँग लिउ जियानचाओको भेट

अध्यक्ष दाहालसँग लिउ जियानचाओको भेट


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ताको क्रममा दुईपक्षीय हितको विषयमा कुराकानी भएको छ ।

चारदिने नेपाल भ्रमणमा रहेका सीपीसीका विदेश विभाग प्रमुख लिउले आज अपराह्न अध्यक्ष दाहाल निवास खुमलटार पुगी भेटवार्ता गरेका हुन् । भेटवार्तामा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता कृष्णबहादुर महरा, वर्षमान पुन, देवप्रसाद गुरुङ र नेत्री पम्फा भुसाल पनि सहभागी थिए । भेटवार्ताका क्रममा माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x