पशु हाटबजार निर्माणमा ४७ लाख ३७ हजार भ्रष्टाचार
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशु हाटबजार निर्माणमा ४७ लाख ३७ हजार भ्रष्टाचार गरेको आरोपमा पशु सेवा विभाग पशुपन्छी बजार निर्देशनालय हरिहरभवनका कार्यक्रम निर्देशकसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुम जिल्ला म्याङलुङ नगरपालिका–१० जिरीखिम्ती माझगाँउमा पशुहाट निर्माणमा संलग्नले ४७ लाख ३७ हजार छ सय २९ रूपैयाँबराबरको भ्रष्टाचार गरेको उल्लेख गरेको छ । आयोगका अनुसार कार्यक्रम निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत रामप्रसाद बजगाई, वरिष्ठ पशु चिकित्सक पूर्जा शर्मा, किराँत याकथुम चुम्लुङ कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेशमाुर लिम्बू, व्यवस्थापक तेजमान कन्दङ्वा र कोषाध्यक्ष गणेशबहादुर सोदेम्बाले पशुहाट निर्माणमा अनियमितता गरेको पाइएको छ ।
त्यस्तै, परामर्शदाता कम्पनीका सञ्चालक रोशन भट्टराईविरुद्ध पनि आयोगले मुद्दा दर्ता गरेको छ । त्यस्तै, आयोगले सर्लाहीको साबिक सलेमपुरका विभिन्न योजना कार्यान्वयन एवं सेवा प्रवाहमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन गाविस सचिव ध्रुवनारायण झाले सात लाख ७१ हजार रूपैयाँबराबरको बिगो कायम गरी मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
त्यस्तै, आयोगले पर्साको साबिक भेडिहारीमा रहेको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्याकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्यालयमा विभिन्न शीर्षकमा प्राप्त भएको ११ लाख ९५ हजार रूपैयाँबराबरको रकम हिनामिना गरेको अभियोगमा अध्यक्ष कन्हैया साह कानु, प्रअ रामवचन प्रसाद र समिति सदस्य रामचन्द्र साह कानुविरुद्ध मुद्दा दायर गरेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- थप १० दिन लामिछानेसहित चार जना हिरासतमा
- आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ
- तिहारको लामो बिदा पछिको शेयरबजार
- निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार, ६ जना पक्राउ
- पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह
- घट्यो सुनको मुल्य
- एक हजार तीन सय किलो गाँजा बरामद
- अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चीन जाने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया