Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१९ सय ८६ बिन्दुमा उक्लियो सेयर बजार

१९ सय ८६ बिन्दुमा उक्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक १९ सय ८६ दशमलव ८२ बिन्दुमा चढेको छ । अघिल्लो दिन ११ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पनि ५९ दशमलव ५४ अंंकले उकालो लागेर १९ सय ८६ बिन्दुमा पुग्न सफल भएको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज १२ दशमलव ४२ अंकले उकालो लागेर तीन सय ८१ दशमलव ३७ बिन्दुमा चढेको छ । आज कुल दुई सय २५ वटा कम्पनीहरुको ३२ हजार सात सय ८२ पटकको कारोबारमा ५७ लाख ८७ हजार एक सय २६ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही अनुसार आज कुल सेयर कारोबार रकम दुई अर्ब चार करोड ४४ लाख ४३ हजार सात रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्सें) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहरुको सुचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x