Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसूर मुद्दामा फरार व्यक्ति पक्राउ

बैंकिङ कसूर मुद्दामा फरार व्यक्ति पक्राउ


काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भक्तपुर दधिकोट बस्ने सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका–६ घर भएका ३० वर्षीय सीताराम भण्डारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको गत जेठ १० गतेको फैसलाले पाँच लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर दधिकोटबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको उक्त कार्यालयले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x