Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कारोबारमा आधारित सरकारी वित्त एक खर्ब १९ अर्ब रुपैयाँले बचतमा

बैंकिङ कारोबारमा आधारित सरकारी वित्त एक खर्ब १९ अर्ब रुपैयाँले बचतमा


काठमाडौं, फागुन ११
बैंकिङ कारोबारमा आधारित सरकारी वित्त बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको छ महिनाको अवधिमा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति एक खर्ब १९ अर्ब ३१ करोडले बचतमा देखिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति ८२ अर्ब छ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंैकले जानकारी दिएको छ । समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित अर्थात् सोझै भुक्तानी र भुक्तानी लिन बाँकी चेकबाहेकको संघीय सरकारको कुल खर्च तीन खर्ब ७८ अर्ब १७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च तीन खर्ब ३९ अर्ब २९ करोड रहेको थियो ।

समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित राजस्व संकलनअन्तर्गत प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत चार खर्ब ८३ अर्ब ७२ करोड रुपैयाँ रहेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन चार खर्ब १४ अर्ब २७ करोड रहेको थियो । चालू आवको पुुस मसान्तसम्ममा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा दुुई खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । राष्ट्र बैंकका अनुुसार यो रकममा स्थानीय तहको खातामा रहेको ५८ अर्ब ४६ करोड रुपैयाँ समेत समावेश गरिएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको छ महिनामा विस्तृत मुद्राप्रदाय पाँच दशमलव तीन प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय छ दशमलव चार प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ पुस मसान्तमा विस्तृत मुद्राप्रदाय १४ दशमलव पाँच प्रतिशतले बढेको छ । समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति अर्थात विदेशी विनिमय मूल्यांकन नाफा/नोक्सान समायोजित २६ अर्ब ६५ करोड अर्थात् दुुई दशमलव सात प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति ६३ अर्ब ६८ करोड अर्थात छ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा सञ्चित मुद्रा पाँच दशमलव छ प्रतिशतले घटेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १३ दशमलव एक प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ पुस मसान्तमा सञ्चित मुद्रा सात प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा कुल आन्तरिक कर्जा दुुई दशमलव दुुई प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा आठ दसमलव पाँच प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ पुस मसान्तमा यस्तो कर्जा १४ दशमलव एक प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी आठ दशमलव सात प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १२ दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ पुस मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १४ दशमलव नौ दशमलव प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x