Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका समस्या समाधान गर्नुपर्नेमा जोड

अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका समस्या समाधान गर्नुपर्नेमा जोड


काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबादुर कुँवरले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका समस्यालाई मसिनो ढंकले केलाएर समाधान गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकमा मन्त्री कुँवरले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका थुपै समस्या भएकाले उनीहरूका समस्यालाई सूक्ष्म तरिकाले बुझ्न आवश्यक भएको बताए ।

श्रम सबैसँग सम्बन्धीत विषय भएकाले श्रमिकका समस्यालाई राम्रोसँग बुझ्ने र ति समस्या समाधानका लागि सम्बन्धित सरोकारवाला निकायले पहल गर्नुपर्नेमा उनले जोड् दिए । ‘श्रम सबैले गर्छन् । कसैले ढुंगा, बाटो नछोई आरामको श्रम गर्छन् भने कसैले ढुंगा माटोमा लडिबुडी गरेर पनि कडा श्रम गर्छन् । तिनै कडा श्रम गर्नेलाई महत्व दिइएको छैन’, उनले भने, ‘जसले अनौपचारिक क्षेत्रमा कडा श्रम गरिरहेका छन्, उहाँहरूको श्रमको मुल्यांकन गरिनु पर्दछ । उहाँहरूलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याएर न्याय दिने काम गर्नतर्फ सबैको ध्यान जान आवश्यक छ ।’

मन्त्री कुँवरले यसवर्षको वार्षिक कार्यक्रममा श्रम प्रतिष्ठान र श्रम आयोगको कुरा उठेकाले यो विषयलाई पनि छलफलमा ल्याउन सम्बन्धित पक्षलाई आग्रह गरे । अन्य आयोगजस्तै श्रम आयोगको पनि आवश्कता औँल्याउँदै उनले यो विषयमा पनि छलफल गर्नुपर्ने बताए । साथै उनले श्रमिकको हक अधिकार सुनिश्चिततका लागि बनाएका ऐन, नियम र कानुनलाई पनि समयअनुकूल परिमार्जन गर्दै लानुपर्नेमा जोड दिए । त्यस्तै वैदेशिक रोजगारमा थुपै्र समस्या भएकाले स्वदेशमै रोजगारी प्रवद्र्धन गर्ने विषयमा पटक–पटक सम्बन्धित निकायसँग छलफल भइरहेको उनको भनाइ थियो । अहिले अनौपचारिक क्षेत्रमा थुप्रै कामदार रहेकाले उनीहरूका समस्यालाई समाधान गरी रोजगारी प्रवर्द्धनमा सहयोग पुग्ने गरी काम गर्ने उनले बताए ।

केन्द्रीय श्रम सल्लाहकार परिषद्ले नेपाल सरकारलाई श्रमसम्बन्धी विषयमा परामर्श तथा श्रमक्षेत्रका विविध विषयहरूमा निर्णय गर्ने काम गर्दै आइरहेको परिषद्का सदस्यसचिव एवं श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाका सचिव दिपक काल्लेले जानकारी दिए । परिषद्मा श्रममन्त्री अध्यक्ष, विभिन्न मन्त्रालयका छ जना सचिव, रोजगारदाता पाँच जना, ट्रेड युनियनबाट पाँच र अन्य सरोकारवाला निकाय गरी २१ जना सदस्य रहने व्यवस्था छ ।(आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x