Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविश्वविद्यालयलाई नियमन गर्न ऐन बनाइने

विश्वविद्यालयलाई नियमन गर्न ऐन बनाइने


पोखरा  । सरकारले विश्वविद्यालयहरूलाई नियमन गर्न एकीकृत छाता ऐन बनाउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका ११ वटा विश्वविद्यालयलाई नियमन गर्न एकीकृत छाता ऐनको तयारी भइरहेको जानकारी दिए ।

पोखरा विश्वविद्यालयको रजत जयन्तीको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले उच्च शिक्षाको स्तरबाट नै मुलुकको राजनीतिक र आर्थिक अवस्थाको पहिचान हुने भन्दै विश्वविद्यालय सुधारका लागि नेतृत्वकर्ताले संकल्प गर्नुपर्ने समेत बताए । उच्च शिक्षाको नाममा विदेशी गएका विद्यार्थीमध्ये ९१ प्रतिशत विद्यार्थी रोजगारीका लागि त्यहाँ पुगेको उल्लेख गर्दै विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई रोजगारसँग जोड्न सके त्यसलाई कम सकिने उनको भनाइ थियो ।

उनले प्रादेशिक राष्ट्रिय योजना आयोगसँग समन्वय र सहकार्य गर्दै गण्डकी प्रदेशको विकाशमा आवश्यक पर्ने जनशक्तिको प्रक्षेपण गरी दक्ष जनशक्ति उत्पादन गर्नेगरी शैक्षिक कार्यक्रम सञ्चालन गनुपर्नेमा समेत जोड दिए । शिक्षक तथा प्राध्यपकहरूले दार्शनिक, सैद्धान्तिक तथा राजनीतिक विचारधाराहरूलाई विश्वविद्यालय तथा उच्च शिक्षाको नीतिगत, संरचनागत र गुणस्तर सुधारका लागि सिर्जनात्मक बहसमा ल्याउनुपर्ने विद्यामान अवस्था रहेको उनको भनाइ थियो ।

दुईवटा विश्वविद्यालयको ऐन संसद्मा रहेको बताउँदै उनले भएका विश्वविद्यालयले शिक्षण सिकाइ र पाठ्यक्रम बनाउन मिहिनेत गनुपर्ने समय आएको बताए । यस्तै उनले आफ्ना माग पूरा गराउन विश्वविद्यालयमा गरिने तालाबन्दी सधैँका लागि अन्त्य गनुपर्नेमा जोड दिए । ‘विश्वविद्यालयमा आफ्ना माग राख्दै तालाबन्दी गर्ने प्रचलन रहेको छ’, उनले भने, ‘तालाबन्दी हुँदा विद्यार्थी एवं विश्वविद्यालयको उन्नयन र विकाशमा असर पर्छ, वार्तामार्फत समाधान खोजौँ ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x