Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबाढी आएर मोदीसँग भेट नभएको प्रचण्डको दाबी

बाढी आएर मोदीसँग भेट नभएको प्रचण्डको दाबी


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सफल भएको बताएका छन् । तीनदिने भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले भारतीय पक्षसँग सौहाद्र्रपूर्ण वातावरणमा कुराकानी भएको बताए । आफ्नो भ्रमणपछि दुई देशबीचको सम्बन्धमा सकारात्मक परिणाम आउने उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले भ्रमणका क्रममा भएको भेटघाटले नेपालले भोग्दै आएको समस्या समाधानमा सघाउ पुग्ने बताए । ‘हिजोदेखि बाँकी रहेका विषय र वर्तमानका सम्भावनाका बारेमा राम्रो कुराकानी भयो’, उनले भने, ‘विदेशमन्त्री र विदेश सचिवसँगको छलफल पनि फलदायी रह्यो ।’

अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नभएको विषयमा अनभिज्ञता प्रकट गरे । आफूहरूलाई मोदीसँग भेट हुन्छ भनिएको भए पनि पछि सम्भव भएन भन्ने कुरा आएको उनले बताए । ‘लास्ट आवरमा के कारणले भेट सम्भव भएन भन्ने मलाई पनि तपाईंहरूलाई जस्तै थाहा छैन । भारतमा बाढी आएर ठूलो जनधनको क्षति भएर प्रधानमन्त्री काममा व्यस्त भएर हो कि’, उनले भने, ‘पार्टी अध्यक्षले निम्ता दिएकाले अध्यक्षले भेटिसकेपछि हुन्छ भनेर हो । कारण मलाई पनि थाहा छैन ।’ अध्यक्ष दाहाल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा शुक्रबार भारत भ्रमणमा गएका थिए ।

भारतमा रहँदा नेपाल–भारतबीच भएको १९५० सन्धि पुनरवलोकन, नेपाल–भारत प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्ने, सीमा समस्या समाधान, डुबानसँग सम्बन्धित समस्याको दीर्घकालीन समाधान, व्यापार घाटा न्यूनीकरण गर्ने विषयमा आफूले भारतीय राजनीतिक नेतृत्वसँग कुराकानी गरेको बताए । शनिबार उनले भारतीय विदेशमन्त्री एस जयशङ्करसँग भेट गरी दुई देशबीचका दुईपक्षीय हितका विषयमा कुराकानी गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x